शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थप २५ को मृत्यु, १२ सय ५५ संक्रमित बढे

थप २५ को मृत्यु, १२ सय ५५ संक्रमित बढे


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७७, आइतबार

काठमाण्डौ, १४ मंसिर– पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १२ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, देशभर १४ सय ४ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल देशभरमा १७ हजार ९०९ जना सक्रिय संक्रमितहरू छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप २५ संक्रममितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेहरूको कुल संख्या १४ सय ७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार ८ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १७ लाख २७ हजार ८३६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->