
पर्वत, १६ मंसिर कोरोना पोजेटीभ रहेको अवस्थामा गोरखामा थप एक जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा मृत्यु भएकाहरूको सङ्ख्या एक सय ६० पुगेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गोरखा नगरपालिका–६ की ७५ वर्षीया महिलाको मङ्सिर १२ गते मृत्यु भएको हो। ती महिलामा मङ्सिर नौ गते सङ्क्रमणको पुष्टि भएकोमा उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको हो। उनमा निमोनियाको सङ्क्रमण रहेको थियो।





