शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देशभर कोरोनाले थप ९ को मृत्यु

देशभर कोरोनाले थप ९ को मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७७, बुधबार
फाईल तस्विर

काठमाण्डौ, १७ मंसिर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ३८ पुगेको छ ।
त्यस्तै, देशका विभिन्‍न प्रयोगशालाहरूमा गरिएको पिसिआर परीक्षणमा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म नेपालमा कुल २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४६ छ ।
त्यस्तै, त्यति नै समयाव्धिमा थप १५ सय ६८ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ । कोरोनामुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।
आज बुधबार देशभरका विभिन्न प्रयोगशालामा थप ८ हजार ३ सय जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ५४ हजार ६३० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->