शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जनप्रतिनिधि, व्यवसायी र पत्रकारमा कोरोना पुष्टि

जनप्रतिनिधि, व्यवसायी र पत्रकारमा कोरोना पुष्टि


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७७, शनिबार

बागलुङ, २० मंसिर– बागलुङमा जनप्रतिनिधि, व्यवसायी र पत्रकारसहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, जैमिनीमा रहेको एक बैंकका कर्मचारी र एक जना पत्रकारमा संक्रमण पुष्टि भएको हो । जैमिनीकै एक जना होटल व्यवसाय संचालकमा समेत संक्रमण पुष्टि भएको छ । शनिवार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ती अनुसार संक्रमित मध्ये जैमिनी नगरपालिका ४ जना रहेका छन् । उनीहरु मध्ये दुई जना २६ बर्षिय र २७ वर्षीय पुरुष रहेका छन् । उनीहरुमध्ये एक जना बैंकको कर्मचारी र एक जना पत्रकार रहेको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ती देव प्रकाश घिमिरेले बताए । दुई जना २७ र ४२ वर्षीया महिला संक्रमित भएको र उनीहरु दुबै होटल सञ्चालक रहेको बुझिएको छ । जैमिनी नगरपालिकाका कर्मचारीमा कोरोना देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङमा उनीहरुमा संक्रमण देखिएको हो । कोरोनाको शंका लागेर धौलागिरि अस्पतालमा उपचार गराउन पुगेका बागलुङ नगरपालिका—३ का ४४ वर्षीय पुरुष र अर्की बेनी नगरपालिका—३ घर भई धौलागिरि अस्पतालमा आएकी ६२ वर्षीया महिलालाई पनि कोरोना संक्रमण पुष्टी भएको घिमिरे बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->