शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चिसोले सडकमा एक जना र कोरोनाले अस्पतालमातीन जनाको मृत्यु

चिसोले सडकमा एक जना र कोरोनाले अस्पतालमातीन जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७७, आइतबार

पोखरा, २१ मंसिर– मानवरहीत सडकको नारा लाग्न थालेको धेरै भयो । पोखरामा पनि यो नारा लागिरहन्छ । तर, असहाय र बेसहाराहरु सडकमै हुन्छन् । उनीहरु दिउसो यहाँको महेन्द्रपुलदेखि मुख्य सहरी क्षेत्रमा बस्छन् । ‘कवाडी’ सामान उठाउनेहरु पनि बस्ने सडकमै हो । रातहुँदा सहरी क्षेत्रमा बालबालिका पनि सडमै रहन्छन् । सडकमा बस्नेहरु आकास ओढ्छन् र धर्ती ओच्छ्याउँछन् ।
सडकमा बस्नेहरुको दिनचर्या सहज हुँदैन । मागेर जीवन धान्ने, कवाडी बेचेर नसामा जीवन बिताउनेहरुलाई गर्मीयाम त ठीकै हुन्छ तर जाडोमा भने बित्यास पार्छ । जाडोले सडकमा बस्नेलाई नै पहिला डस्छ । यस वर्षको जाडो सुरु हुनासाथ मागेर हिँड्ने अनि सडकमै रात बिताउने एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराको गणेशटोल क्षेत्रमा देखिने तेह्रथुम घर भएकी ५२ वर्षीया जानुका गुरुङ शनिबार सडक छेउको चौतारोमा मृत अवस्थामा भेटिएको प्रहरीले पुष्टि गरेको हो ।
यता, कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ३ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा १२ बस्ने ८० वर्षीय तथा पोखरा–१७ बस्ने ५७ वर्षीय पुरुष र पोखरा–११ की ७३ वर्षीया वृद्धा रहेकी छन् । दुबै वृद्धको शनिबार बिहान र वृद्धाको शुक्रबार साँझ निधन भएको हो । योसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६६ पुगेको छ । शनिबार थप ११९ जनामा संक्रमण देखिँदा कुल सक्रिय संक्रमितको संख्या ५ हजार १४० पुगेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->