शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देशभर सक्रिय संक्रमितको संख्या ६ प्रतिशत मात्रै

देशभर सक्रिय संक्रमितको संख्या ६ प्रतिशत मात्रै


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७७, सोमबार

काठमाण्डौ, २२ मंसिर– पछिल्नेलो समय नेपालमा कोरोना भाइरस ( कोभिड १९) बाट संक्रमणमुक्त हुनेको प्रतिशत बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ९४ प्रतिशत संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ प्रतिशत मात्रै छ ।
नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १२ हजार ९ सय ४८ छ । त्यस्तै, थप १६ सय २८ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ ।
कोरोनामुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा विभिन्‍न प्रयोगशालामा ६ हजार २ सय २० पिसिआर परीक्षण भएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ९० हजार ७ सय ३९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->