शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आँधीखोलामा ५२ हजार माछाका भुरा छाडियो

आँधीखोलामा ५२ हजार माछाका भुरा छाडियो


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०७७, बिहिबार

स्याङ्जा, २५ मंसिर– स्याङ्जाको आँधीखोला गाउँपालिकाले आँधीखोलामा ५२ हजार माछाका भुरा छोडेको छ । गाउँपालिकाले स्याङ्जास्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट १४ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न ७ ठाउँमा छोडेको हो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ ।
आयातित माछाका प्रजातिका कारणले परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका भुरा छाडिएको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले बताए । ‘नदी, ताल र तलाउको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ, जैविक विविधता नभएको नदी तथा तालको कुनै महत्व हुँदैन’, उनले भने ।
खोलामा साना भुरा छोड्दा बकुल्लालगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढी रहेकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताए । ठेडे, हाँडे र गर्दी जातको माछाका भुरा जलाशयमा ल्याएर आँधीखोलामा छाडिएको सूचना प्रविधि अधिकृत रोशन लामिछानेको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->