शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा बुधबार ६२ जना कोरोना सङ्क्रमित थपिए

गण्डकीमा बुधबार ६२ जना कोरोना सङ्क्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७७, बुधबार

पोखरा, १ पुस– गण्डकी प्रदेशमा बुधबार मात्रै ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । बुधबारनै कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ का ७६ वर्षीय र वडा नं १२ का ८४ वर्षीय कोरोना सङ्क्रमित पुरुष रहेका छन् ।
प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १८६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । बुधबार थपिएकासहित प्रदेशमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार ५८३ पुगेको छ । प्रदेशमा हालसम्म एक हजार ६३२ सक्रिय सङ्क्रमित पुगेका छन् भने निको हुनेको सङ्ख्या ११ हजार ७६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->