१. एक पहरमा म अडेको थिएँ
गयो पहिरो म पनि हिँडे
आए ठक्कर खाँदै गुल्दिदै र पल्टिँदै
वर्षाको भेल भित्र घुस्रदै
२. एक खेतको छेउमा म लडेको थिएँ
म कसैसँग बोल्न नसक्ने एक किसिमको कमलो ढुंगा थिएँ
बस्दथे वर्षामा खेत रोप्नेहरु मेरो शीरमा
खाजा खान म के गरुँ ?
३. म कोमल एक किसिमको ढुंगा भएको थिएँ
जस्तो बनायो उस्तै बन्थेँ
एक मानिसले कल्पना गरेँ
देवताको मन्दिरमा गजुर बनाउने रे !
४. मनमा कल्पना गरी ती मानिस गए
अनि म अत्यन्त खुसी भएँ
यस्तैमा फेरि अर्को मानिस आए
मेरै शरीरमा दिसा गरी गए
५. हुन त म एक किसिमको कोमल ढुंगा न थिएँ
दिसा गरेर के भयो त
तर त्यो मानिसको कल्पना गर्यो
मन्दिरको गजुर बन्न नपाउँदा मन मेरो रोयो
६. आए फेरि त्यो कल्पना गर्ने मानिस
देखे मेरो शरीरमा दिसाको थुप्रो
कोट्याएर फाले सिन्काले
राम्रोसँग पखालेर अनि मलाई घरमा ल्याएर राखे
७. बनाए मलाई त्यो कल्पना गर्ने मनिसको
इच्छा अनुसार थेवेले तासी– तासी
बने म मन्दिरको गजुर
मन्दिरको शीरमा राखे पनि
८. जति मानिसहरु ओहोरदोहोर गर्थे
मलाई ढोग गरेर जाने गर्दथे
कस्तो ढुंगो कस्तो भएँ
आज मानिसको देवता भएँ
९. एक विचारले मानिस मुर्ख हो
आफै बिगार्छ, आफै ढोग गर्छ
अन्धविश्वासलाई विश्वास गर्छ
अनि मलाई गजब लाग्छ ।
–कुश्मा पर्वत





