बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘आन्तरिक स्रोत बढाउन दृढ संकल्पका साथ अघि बढेका छौं’

‘आन्तरिक स्रोत बढाउन दृढ संकल्पका साथ अघि बढेका छौं’


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०७७, बुधबार

जिल्लाको मुकाम बागलुङ बजारबाट भौतिक दूरीका हिसाबले नजिकै रहेको गाउँपालिका हो काठेखोला । साविकका ७ वटा गाउँविकास समितिलाई एकिकृत गरेर बनेको गाउँपालिकाको आय स्रोतको मुख्य आधार हो कृषि र पर्यटन । मध्यपहाडी लोकमार्गले फेरो हालेको गाउँपालिकामा नगन्य मात्रामा पक्की सडक छ । वडा अनुसारको विशेषता रहेको गाउँपालिकाका सबै कुनाकन्दरामा सडक त पुगेका छन् तर ती सडकहरुको व्यवस्थापनको काम बाँकी छ । खानेपानी, सिंचाई र कृषि उपजको बजारीकरणमा समेत गाउँपालिकाले बेला बेलामा समस्याहरुसँग पौँठेजोरी खेल्दै आएको छ । पर्यटनका हिसाबले यहाँ धार्मिक तथा प्राकृतिक सम्पदाहरुको पहिचान र खेल पर्यटन समेतको विकास सुरु भएको छ । सांस्कृतिक हिसाबले सम्पन्न गाउँपालिकाले विकासको गति लिन थालेको धेरै भएको छैन । सिमित स्रोत साधनको उपयोगले मात्रै पनि जनताले अनुभुत गर्नेगरी काम भए की भएनन् ? स्थानीय तह गठनको तीन वर्षका उपलव्धी के हुन् ? के अबको बाँकी कार्यकालमा हिजो जनतासँग गरिएका प्रतिबद्धता अनुसारका काम होलान् । प्रस्तुत छ यी र यस्तै विषयमा ढोरपाटन सहकर्मी तारानाथ आचार्यले बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापासँग गरेको कुराकानीको संपादित अंशः

कसरी बिते साढे तीन वर्ष ?
– जब हामी ३ वर्ष अगाडि आम निर्वाचनमार्फत निर्वाचित भएर काठेखोलामा आयाँै, निर्वाचनमा तपाईले जसरी भुमिका बाँध प्रश्न गर्नुभएको छ सोही अनुसार यस पालिकामा समस्याका चाङहरु पनि थिए र त्यहि बीचमा हाम्रा अगाडि अवसरहरु पनि थिए । देश संघिय संरचनामा गैसकेको थियो र हामी स्थानीय सरकारको रुपमा जनताका अगाडि आइसकेको थियौ । प्रत्येक वडामा कच्ची सडक पुगिसकेको थियो, यसका लागि स्तरोन्नती गर्नु थियो । खानेपानीका केही संरचना बनेका थिए र यसलाई पनि व्यवस्थित गर्नु थियो । केही वडाहरु उत्पादनको चरणमा पुगेका थिए भने तिनका लागि बजारीकरणको खोजीमा थिए । शिक्षा र स्वास्थ्यका समस्या त्यस्तै थिए । यी समस्याका बीच जब हामीले पहिलो बजेट प्रस्ताव गरियो यसले केही मात्रमा सहयोग पु¥यायो । हामीले १२ महिना कच्ची सडक भएपनि यातयातका साधन गुडाउन प्रयन्त ग¥यौ तर प्रकृतिसंग जुध्न सकिएन केही वडाबाहेक हामी सफल भयौ । खानेपानीका समस्याका समाधानका लागि एक घर एक धाराको कार्यक्रम अगाडि लगातार अगाडी बढाएका छौ । यसमा सघीय सरकार र प्रदेश सरकारलाई जोडेर काम तीव्र रुपमा अगाडि बढाएका छौ ।
शिक्षा र स्वास्थ्यमा पनि हामी स्थानीय सरकारको हिसाबले निकै प्रयास गरिरहेका छौ । आमुल परिर्वतन गर्न नसकिए पनि केही मात्रामा परिर्वतनका परिणामहरु सतहमा देखिन थालेका छन् । पालिकाभित्रका विद्यालयहरुमा सुशासनका केही अभ्यास हुन थालेका छन् । पठनपाठनमा सुधारका लागि हामीले धेरै प्रयास गरिरहेका छौ । केजी कक्षा व्यवस्थापनदेखि विद्यालयको प्रशासनलाई सुधारका लागि केहि सफलता प्राप्त गरेका छाँै । प्रविधीमैत्री बनाउनका लागि प्रायः सबै विद्यालयमा इन्टरनेटको व्यवस्थापन गरेका छाँै । अध्यापन कार्यका लागिका हामी धेरै प्रयासहरु गरेका छाँै । जस्तैः साधन अनुगमन, नियमित लेखापरिक्षण, विद्यायल सुधार योजना निर्माणजस्ता क्रियाकलापहरु नियमित रुपमा अगाडि गएका छन ।
स्वास्थ्यका क्षेत्रमा हाम्रा स्वास्थ्य चौकीहरुमा व्यापक सुधार गर्नुका साथै केही स्वास्थ्य चौकीमा ल्याबको स्थापना गरि परिक्षणको कार्य अगाडि बढाएका छौँ । अति विपन्न र गरिव परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम निरन्तर अगाडि बढाएका छौँ । नियमित रुपमा स्वास्थ्य चौकीमा औषधि उपकरण नियमीत रुपमा उपलव्ध गराएका छौँ । कोभिड १९ का बीचमा पनि एक जना मानविय क्षति हुन दिएका छैनौं । नेपाल सरकारको सहयोगमा संचालन भएको ५ बेडको अस्पताललाई ७ बेडमा व्यवस्थापन गरिरहेको अवस्था छ । यसरी स्वास्थ्य क्षेत्रको अवस्था हेर्ने हो भने हामीले गाउँपालिकाभित्रका सुत्केरी दिदीबहिनी र आमाहरुका लागि आमा सुरक्षा कार्यक्रम संचालन गरेका छौँ । यसका साथसाथै जनताका आधारभुत कुराहरुलाई ख्यालमा राखी आम नागरिकलाई उत्पादनसंग जोडनु पर्छ भन्ने हेतुले आर्थिक उपार्जनका कार्यक्रम संचालन गरेका छौ ।

के जनतासामु गर्नुभएका प्रतिबद्धता पुरा भए ?
– हामीले गरेका प्रतिवद्धता १०० मा १०० पुरा हुन नसके होलान तर पनि जनताका गुनासालाई कम गरेका छौं । सीमित श्रोत र साधन, संघिय र प्रादेशिक सरकारका नीतिगत व्यवस्थापनका कारणले पनि केही विकास निर्माणका कार्यहरुमा अन्योलता हँुदाहँदै पनि गाँउपालिकामा स्थानीय सरकारको हैसियतले जनताका सामु उचो शिर गरेर साथमा साथ दिएको अवस्था छ । विकास निर्माणका कार्यले आकार दिन थालेका छन्, यसले गर्दा जनताको हामीलाई आक्षेप नभएको महशुश गरेका छौँ ।

गाउँपालिकाको स्रोत विकासका लागि के गर्नुभयो ?
– काठेखोला गाँउपालिका आफैमा आफनो आम्दानी कमजोर भएको पालिका हो । न यसको कुनै प्राकृति श्रोत छ न यहाँ विभिन्न औद्योगिक ग्राम स्थापना गर्न सक्ने संभावना छ । तर पनि हामी यहाँका प्रत्येक नागरिकलाई आफनो भुगोल अनुसार आयमूलक कार्य अर्थात् उत्पादनसंग जोडेर आम्दानी वृद्धिका क्रियाकलापमा जोड्न सकियो भने हामीले आफ्नो आयश्रोत बढाउन सकिन्छ भन्ने दृढ संकल्पका साथ आगाडि बढेको अवस्था छ । साना तथा मझौला उद्योग स्थापनाका लागि जागरण उत्प्रेरण गरिरहेका छौ । गाउँपालिकाको श्रोत परिचालनमा पनि त्यतिकै ध्यान पुराएका छौं । जहाँ संभावना छ त्यहाँ नीजि तथा सरकारी संघसंस्थाका लागि लगानीमैत्री वातावरण सृजना र प्रोत्साहन गर्ने काम गरिरहेको अवस्था रहेको छ ।

रोजगारी सिर्जना हुने कुनै काम भए त ?
– गाँउपालिकाले गर्ने विकास निर्माणका कार्यमा अधिक÷अधिक मानव श्रोत साधनलाई प्रयोग गर्ने, विभिन्न वित्तिय संघ संस्थाहरुलाई उत्साहित युवा किसान, स्वदेश तथा विदेशबाट रोजगार गुमाएर आउनुभएकाहरुलाई सुलभ व्याजमा कर्जा प्रवाहका लागि सहजीकरण जस्ता क्रियाकलाप गरिरहेका छौँ । हाल संघिय सरकारको सहयोगमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि प्रत्येक वडामा संचालन गरिएको अवस्था छ ।

गाउँको पहिचानसँग जोडिएका क्षेत्र कुन–कुन हुन्, सो क्षेत्रको विकासका लागि केही गर्नुभयो ।
– हामीले काठेखोला गाँउपालिकाका ८ वटै वडालाई पहिचानसहितको योजना कार्यान्वयनमा अगाडि बढाएको अवस्था छ । १ नं वडाका लागि कृषि उपज संकलन केन्द्रको रुपमा विकास गर्नका लागि संकलन केन्द्रको भवन निर्माण गरिएको छ । २ नं वडालाई बेमौसमी तरकारी तथा पर्यटन प्रर्वद्धनका लागि अगाडि बढाईएको छ । जसमा पर्यटन प्रर्वद्धनका लागि पदमार्ग निर्माण, धार्मिक स्थलहरुको संरक्षण तथा व्यवसायिक तरकारी तथा फलफुल खेती संचालनमा ल्याइएको छ । वडा नं ३ लाई आलु खेतीको पकेटक्षेत्र विकास गर्न सोही अनुसार कृषकहरुलाई प्रोत्साहित गरि २ वटा कोल्ड स्टोरको स्थापना गरिएको छभने केही अनुदानका कार्यक्रमहरु पनि संचालन गरिएको छ । ४ नं वडा जनजातीको बाहुल्य रहेकोले जनजाती संग्रालयको स्थापना गरि त्यहाँको ऐतिहासिकता झल्किने गरि व्यवस्थापकिय कार्य अगाडि बढाइएको छ । वडा नं. ५ धार्मिक पर्यटनका हिसाबले अगाडि बढाइएको छ, जहाँ ऐतिहासिक विराशत बोकेको त्रीपुरेश्वर महादेवको मन्दिर शिवधुरी, राम मन्दिर जहाँ स्वामी प्रमानन्दको जन्म भएको स्थान पनि रहेको छ । जसलाई धार्मिक गन्तव्यको हिसाबले अगाडि गएको छ भने वडा नं ६ सुन्तलाको जोन र दुग्ध व्यसायका हिसाबले अगाडि रहेको छ । यस वडामा वार्षिक सुन्तलाबाट मात्र करिब ३ करोडको व्यवसाय हुन्छ भने दुग्ध व्यवसायबाट पनि यसैको हाराहारीमा हुने गर्दछ । यस कारणले वडा व्यवसायका हिसाबले सबैभन्दा अगाडि रहेको छ । वडान ७ खेलकुदको गन्तव्य बनाउने हिसाबले खेलकुदका गतिविधी अगाडी बढाइएको छ भने वडा नं ८ बेमौसमी तरकारी खेती तथा बौद्ध गुम्बा विशेष गरि बौद्ध धर्मालम्वीहरुको आस्था जगाउने गरि अगाडि बढाइएको छ ।

वैदेशिक रोजगारीमा अधिकांश युवा यो गाउँपालिकाबाट बाहिर छन् । उनीहरुको विप्रेषण सदुपयोग गर्ने केही नीति छ ?
– वैदेशिक रोजगारमा गएका अधिकांश युवा साथीहरुसंग उहाँहरुको आकांक्षा अनुरुप काम गर्नका लागि हामी हरदम कोशिश गरिरहेका छौं । लगानीमैत्री वातावरण सृजना गर्ने हाम्रो दायित्व हो तर पनि तीनै तहका सरकारबीचको कानुुनी अष्पस्टताका कारण जति अगाडी जानु पर्ने हो त्यो जान सकेको अवस्था छैन । हामीले मात्र नीतिगत रुपमा मार्ग प्रसस्त गर्नका लागि स्थानीय तहलाई अधिकार छैन् त्यस कारण पनि विदेशबाट आउने विप्रेषणलाई स्थानीय तहको अनुकुल प्रयोगमा ल्याउन सकिएको छैन ।

गाउँपालिकाले बनाउन सक्ने कानुन निर्माणमा किन ढिलाई ?
– ऐन, कानुन र कार्यविधी बनाउने क्रममा हामी स्थानीय तहको कुनै ढिलाई छैन । संघियताको अनुभुति यसैमा खड्किएको छ, जब संघीय कानुन आउँदैन प्रदेशले आफ्नो कानुन बनाउन पाउँदैन, प्रदेशले नबनाएसम्म हामी स्थानीय तहले बनाउन पाउदैनौ । यो चेन अफ कमाण्ड तोड्न सक्दैनौ, हामी आफनो अनुकुलको ऐन कानुन बनाउन सक्दैनौ र पनि हाम्रो कामकाज संचालनका लागिका पर्याप्त मात्रमा कानुन, कार्यविधी बनाएका छौं ।

अहिले गाउँपालिकाको अवस्था के हो ? सडक, खानेपानी, सिंचाई, पूर्वाधार र कृषि तथा पर्यटनमा लगानी गर्न सक्नु भएन भन्ने छ नि ?
– हामीले सीमित साधन र श्रोतको अधिकत परिचालन गर्ने हो । सडक, खानेपानीलगायतका पूर्वाधारमा हामी पर्याप्त मात्रमा लगानी गर्न सक्दैनौ, यो आम रुपमा देखिएको समस्या भनौ या बिडम्वना हो । जब स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाइदैन तबसम्म तलका समस्या समाधान हुँदैनन् । कार्यक्रम कार्यान्वयन हुने भनेको स्थानीय तहमा हो । अहिलेको विकासक्रम वा बजेट विनियोजनको प्रचलन हेर्नु भो स्पष्ट देखिन्छ । बजेट सिमीत ठाउँमा छ तर त्यसको परिचालनमा पहुँच छैन, त्यसकारण पनि यी यावत् समस्या रहीरहन्छन् ।

कर्मकाण्डी कामबाट उपलव्धी देखिने काम कहिले गर्नुहुन्छ ?
– हामी जति पनि काम गरेका छौ यो कर्मकाण्डी होइन, जनगुनासो अनुसार स्थानीय तह जानु पर्दछ तर संघ र प्रदेश जसरी तर्पाइ कर्मकाण्डी भन्नु भो यहिं अनुसार अगाडि गएमा उपलव्धी हासिल हुँदैन ।

गाउँपालिकाले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउनका लागि के काम गर्दै आएको छ ?
–सुशासनका लागि काठेखोला गाउँपालिका बागलुडका १० स्थानीय तहमा नं १ आउँछ जस्तो लाग्छ । सेवा प्रवाहका हिसाबले हामी अगाडी छौं । हाम्रा सबै कामलाई अनलाइनमार्फत संचालन गरेका छौ । आगामी ३ महिनाभित्र गाउँपालिकाको डिजिटल प्रोफाइल ल्याउँदैछौ, यसले पनि एउटा इटा थप्ने काम गर्नेछ । त्यसकारण पनि सुशासन प्रर्वद्धनका लागि अधिक प्रयास गरेका छौ ।

कोरोना रोकथाम र नियन्त्रण गर्ने सन्दर्भमा गाउँपालिकाले के–के काम गरेको छ ?
– हामी कोरोना रोकथामका लागि अपनाउनु पर्ने सबै सावधानी उपायहरु अवलम्वन गरेका छौ । क्वारेन्टाइनदेखि ७ शैयाको अस्थायी अस्पताल निर्माण गरिसकेका छौं । हालसम्म पालिकामा एक जना पनि मानविय क्षति हुन दिएका छैनौ, अति सावधानीका बीच काम अगाडि बढाएका छौं ।

अन्तमा, अबको साढे एक वर्षमा काठेखोला गाउँपालिका कस्तो होला ?
– हामीले कल्पना गरेअनुसार त नहोला तर पनि केही भौतिक संरचनाले युक्त, पहिचान अनुसारका कामको परिणाम देखिने । सुशासनका हिसाबले नमुना प्रर्दशन गर्ने, आम नागरिकका गुनासा सम्बोधन हुने र बागलुङमा एउटा नमुना उन्मुख पालिका रहने विश्वास लिएका छौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->