शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७७, सोमबार

काठमाण्डौ, १३ पुस– पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५७८ जनाको परीक्षणमा ४०७ जना पुरुष र २५२ जना महिला गरी ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७१८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६४२७ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २०७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना संक्रमित भेटिएका छन् ।

कैलालीमा ६०, कास्कीमा ३३, कञ्चनपुरमा ३१, मोरङमा २८, काभ्रे र रुपन्देहीमा २२र२२, झापामा २० र चितवनमा १९ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->