बागलुङ, २१ पुस– बागलुङका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक लक्षण देखिएर जाँच गर्न आउनेहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेको हो ।
बागलुङ नगरपालिकाका ५ जना, जैमिनी नगरपालिकाका १ जना र काठेखोला गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ स्रोतव्यक्ति देवप्रकाश घिमिरेका अनुसार, बागलुङ नगरपालिका वडा नं. १२ का २८ वर्षिय पुरुष, वडा नं. १४ का ३४ वर्षिय पुरुष, वडा नं. १ का ४६ र ४२ वर्षिया पुरुष तथा वडा नं. २ की ३३ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, जैमिनी नगरपालिका वडा नं. १ का २७ वर्षिय पुरुष र काठेखोला गाउँपालिका वडा नं. ३ का ६१ वर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमण पुष्टि भएकामध्ये दुई जना इञ्जिनियर हुन्भने एक जना शिक्षक हुन् । उनीहरु सबैमा लक्षण देखिएपछि जाँच गरिएको थियो ।
आवश्यकता अनुसार होम आईसोलेसन र अस्पतालको आईसोलेसनमा राख्ने तयारी भैरहेको घिमिरेले बताए । यससंगै बागलुङमा संक्रमितको संख्या ९ सय २० पुगेको छ । जसमध्ये २८ जना सक्रिय संक्रमित छन्भने ९ जनाको मृत्यु भएको छ ।





