शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७७, बिहिबार
फाईल तस्विर

काठमाण्डौ, २३ पुस– पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप ६ हजार ७ सय ६ पिसिआर परीक्षण गर्दा चार सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ६९ हजार दुई सय ९२ जनाको पिसिआर परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६३ हजार ६ सय ५ जना छन्। जसमध्ये सक्रिय संक्रमित पाँच हजार ५८ छन् ।

बितेको २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय ३ जना पुगेको छ पछिल्लोपटक चार सय ८३ संक्रमणमुक्त भएका छन् ।

हालसम्म २ लाख ५६ हजार ६ सय ४४ जना संक्रमणमुक्त भएका छन् । निको हुनेको दर ९७ दशमलब ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा रहनेको संख्या तीन सय ४२ छ । त्यस्तै, काठमाडौं उपत्यकाका दुई सय ५१ जना रहेका छन् । जसमा महिला एक सय ११ छन र पुरुष एक सय ४० जना छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->