नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको नामबाट नामाकरण भएको स्थानीय तह हो, बागलुङको ढोरपाटन नगरपालिका । यो नगरपालिका यहाँ रहेको भौगोलिक विविधता, भाषा, शैली, उत्पादन र यहाँ हुने राजनीतिक गतिविधिका कारणले बेला बेलामा चर्चामा आउने गरेको छ । बागलुङ जिल्लाका साविकका दुर्गम गाउँ विकास समितिहरुलाई एकिकृत गरेर बनाइएको नगरपालिका पनि हा,े ढोरपाटन नगरपालिका । विविध कठिनाईका बीच पनि ढोरपाटन नगरपालिकाले आफ्नो विकासको गतिलाई निरन्तरता दिइरहेकै छ ।नगरप्रमुख देवकुमार नेपालीका गतिविधि र नगरपालिका आफैले सञ्चालन गर्ने गतिविधिहरुका कारणले पनि यहाँका क्रियाकलापको जिल्ला र प्रदेशहुँदै राष्ट्रिय स्तरमा चर्चा हुने गरेको छ । सदरमुकाम बागलुङ बजारबाट ९१ किलोमिटरको दूरीमा रहेको नगरको मुकाम नेपाल सरकारले विकास गर्ने भनिएको नमूना सहर हो । ढोरपाटन नगरपालिकाका कुना कन्दरामा अहिले पनि सडक, खानेपानी,विद्युत लगायतका आधारभूत आवश्यकताको परिपूर्ति हुन सकेको छैन् । भिरालो जमिन, शिक्षामा कम पहुँचलगायतका कारणले यहाँका सर्वसाधारण बेला बेलामा प्राकृतिक विपत्तिको शिकार समेत हुने गरेका छन् । गत भदौ १७ गतेको बाढी पहिरो ढोरपाटन नगरपालिकाका लागि अभिासप भयो । ३८ जनाको ज्यान जानेगरि आएको बाढीले १ सय ३० परिवारको उठिबास बनायो । बाढीपहिरो पीडितहरुले अहिलेसम्म पनि औपचारिक राहतबाहेक केही पाएका छैनन् । घरबास गुमेकाहरु पालमुनि बसिरहेका छन् । परिवार गुमाएकाहरुको व्यवस्थापन हुन सकेको छैन् । के भैरहेको छ त बाढीपहिरो पीडितको पुनर्वास र पुनस्र्थापका लागि । प्रस्तुत छ– ढोरपाटन सहकर्मी तारानाथ आचार्यले नगरप्रमुख देवकुमार नेपालीसँग गरेको कुराकानीको संपादित अंश ।
बाढीपहिरो पीडितका पुनःस्थापना र स्थायी बसोबासका लागि के गर्दै हुनुहुन्छ ?
– ज्यान गुमाएका दाजुभाई दिदीबहिनीहरुलाई हामिले फर्काउन सकेनौं । दुःखद, नहुन ुथिया,े भयो । अबको हाम्रो काम भनेको विस्थापितहरुका लागि काम गर्ने नै हो । हामीले विस्थापितको व्यवस्थापनका लागि काम गर्दैछौँ ।
किन ढिलो भैरहेको छ, विस्थापितको व्यवस्थापनको काम ?
– खासगरी हाम्रो काम भनेको उनीहरुको घर बनाउने हो । यो काम विविध कारणले ढिलो भैरहेको छ । हामीले उनीहरुको घर निर्माणका लागि संघीय र प्रदेश सरकारले पनि सहयोग गर्छ भनेर कुरेर बसिरहेका छौँ । केन्द्रीय सरकारबाट आउने केही बजेट, पुनःनिर्माणको बजेट थोरै भएपनि आयो भने हामीले नगरपालिका र दाताबाट आएको बजेटले घर निर्माण गर्ने सोँच गरेका छौँ । माथिबाट आउने थोरै भए हामीले नगरपालिकाबाटै भएपनि घर बनाउने सोँचमा छौँ । यसमा देश विदेशमा रहनुभएका दाजुभाइहरुको साथ र सहयोगको रकम पनि हामिसँग छ ।
संघ र प्रदेशको कार्यक्रम कुर्दा ढिला होला नि ? माथि कार्यक्रम बन्ने, बजेट आउने र कार्यबिधि बनाउने गर्दा लाग्ने समयको मारमा पीडिहरुलाई किन राख्ने ?
– त्यो अवस्था आउँदैन् । अहिलेसम्म ढिला हुनुको कारण केन्द्र र प्रदेशको बाटो हेरेको भएर नै हो । अव संघ र प्रदेशले बजेट दिने छाँट निकालेन् । हामीले बनाइदिने भनेका घरका लागि बजेटको जुगाड भएन भने हामी अघि बढछौँ, नगरपालिकाले नै घर बनाइदिन्छ । आउँदो बर्खा अघिनै हामीले घर निर्माण गर्छौं ।
पीडितका घर बनाउनका लागि तपाईंहरुसँग कार्यक्रम के छ ?
– हैन हामीले कार्यक्रम बनाई हाल्छौँ, हामीलाई के थाहा छ भने जनताको घर राम्रो र सुरक्षित बन्नुपर्छ । जनताले उठाएको पैसा, दाताले दिएको पैसा, नगरपालिकाको पैसा र संघ र प्रदेशले दिएको पैसाले सुरक्षित घर बनाउनुपर्छ भन्नेमा छौँ । बजेटको जुगाड हुँदा वा अरु कसैको आशा भएन भनेपछि हामीलाई कार्यक्रम बनाउन कुनै कठीन हुने कुरै भएन् । ठूलो रकम भए राम्रो घर बनाउँछौँ भन्ने हो । भएन भने जनतालाई बासको व्यवस्था हामी बनाउँछौँ ।
चिसोमा पनि पीडितहरु पालमुुिन हुनुहुन्छ भनेर गुनासो आएका छन् नि ?
– सबैको अवस्था उस्तै छैन् । कोही घरहरु नै खोजेर बस्नु भएको छ । कोही पालमुनी गुजारा चलाइरहनुभएको छ । मिडियामा आएको जस्तो अवस्था छैन् । यहाँका पीडितहरुको एकैठाउँको बसाई पनि छैन् । बर्खामा ढोरपाटन र हिउँदमा बोबाङमा बस्ने गर्नुभएको हो । एक हिसाबले भन्ने हो भने जो पीडामा पर्नुभयो,उहाँहरु व्यापार व्यवसायको लागि बोबाङमा हुनुहुन्थ्यो । तल र माथिको बसाई हुने भएकाले बोबाङमा बसोबास नभएपनि ढोरपाटनमा बस्ने ठाउँ भएका धेरै हुनुहुन्छ । हिउँदमा ढोरपाटनको बसाई कठिनत त छँदै छ तर बस्ने ठाउँनै नभएको भन्ने होइन् । खोला किनारका धेरै साथीहरुको घर नष्ट भएको छ । अस्थायी गोठहरुमा बस्नेहरु पनि हुनुहुन्छ । हामिले सबै घरबार गुमाउनुभएका हरुको लागि अस्थायी बास र खानाको लागि खाद्यान्नको व्यवस्था पनि गरेका छौँं । सबैका घर एकै पटक बनाऊँ, व्यवस्थित बनाउँ भन्नका निम्ति हामीलाई ढिला भएको छ ।
विस्थापितका लागि एकिकृत बस्ती बन्छ कि जोखिमपूर्ण ठाउँमा नै फर्काउनुहुन्छ ?
– हाम्रो सोच के छ भने एकिकृत बस्ती बनाउने हो । तर समस्या के छभने हाम्रो जस्तो खोला नाला, पहाड भएको ठाउँमा त्यो खालको एकिकृत बस्ती राख्ने जस्तो ठाउँ पाउन मुस्किल छ । उहाँहरु पनि एकिकृत बस्तिमा बस्न चाहनु हुन्न् । आफ्नो घरपाई, खेतिपाती नजिक हुने गरी बस्ने उहाँहरुको चाहना छ । खोला किनारमै हामीले घर बनाइदिन्नाँै । उहाँहरुको पाखाहरुमा जग्गा पनि छ, त्यहाँ घर बनाउँछौं । केही दिनमा हामी सूचना गर्दैछौँ । पूर्ण रुपमा नष्ट भएका घरहरुको एकीन तथ्याङ्क लिनका लागि । मैले प्रभावित सबै वडाका अध्यक्षज्यूहरुलाई निर्देशन पनि गरिसकेको छु । पत्र पनि दिँदैछु । पूर्ण क्षति भएकाहरुको विवरण लिनका लागि । तथ्याङ्क आएपछि हामी जग्गाको एकीन गर्नुस् भन्छौँ र घर बनाउने प्रकृया थाल्छौँ । एक दुई जनाको जग्गा छैन भनेपछि जग्गा किनेर भएपनि राम्रो ठाउँमा व्यवस्थापन गर्छौं । एकिकृत बस्तिको लागि ठाउँको अभाव र पीडितहरुले समेत नचाहेका कारणले प्रक्रिया थाल्न सकिएकाने छैन् ।
राहत रकम पनि नगरपालिकाले थुपारेर राखेको छ । परिचालन गर्न सकेन भन्ने आलोचना छ नि ?
– हाम्रो दिने धेरै साथीहरु हुनुहुथ्यो । बीचमा साथीहरुले डुब्लिकेशन गरेका कारण धेरै पैसा जम्मा भएको छैन् । हामिसँग अडाई करोड जति जम्मा भएको छ । हाम्रो ढोरपाटनको नाम लिएर अन्य पालिकालाई पनि दिँदा हामीलाई धेरै रकम आएन् ।
यो त तपाईंले लगाउने आरोप भयो, तर उठेको रकम पनि त एकद्वार प्रणालीका नाममा पीडितको बिचमा पुग्न नदिएर नगरमै थुपारेर राख्नुभएको छ नि ?
– हामीले चाहेको के हो भने सकभर जनताको घर राम्रो बनोस् । दोहोरिने वा पीडितले राहत नपाउने वातावरण नबनोस भन्ने हो । केही साथीहरुले अधियाँ बनाउनका लागि पनि पैसा दिनुभएको छ । तर उहाँहरुको बीचमा सिधै पुगेको पैसा पनि फजुल खर्चमा सकिएको छ । यत्रो पैसा उठ्छ भन्ने पनि हाम्रीले चाहेको कुरा होइन्, नगरपालिकाले नै बनाउँछ, मैले छाना छाउँछु भनेर घोषणा गरेकै छु । मात्रै सबै एकीकृत गरेर राम्रो घर बनाउँ भन्ने हो । हामी छिट्टै त्यो काम गर्दैछौँ ।
बेपत्ताहरुको खोजी के हुँदै छ ?
–अन्तिम प्रयास गरेका हौँ । अब त मानव शरीर नष्ट भैसकेको अवस्था छ । अब खोजेर भेट्ने देखेका छैनौँ ।
जोखिममा रहेको बस्ती जोगाउने योजना के छ ?
– जोखिममा रहेका बस्ती जोगाउनका लागि डोजर लगाएर खोलाको बहाव फर्काएका छौँं । ग्याविन जाली लगाउने कामहरु भएका छन् । तत्कालै स्थानान्तरणको कार्यक्रम त केही छैन् । तर प्रदेश र संघ सरकारसँग सहकार्य गरेर हामीले हाम्रा नागरिक सुरक्षित बनाउने अभियानमा नै छौँ ।
पछिल्लो देशको परिस्थितिले तपाईंको पुनःनिर्माणको कामलाई कति असर गर्ला ?
– हामी दःुखी छौँ । राजनीतिक परिस्थितिले विकास र पुनः निर्माण प्रभावित हुन्छन् । यस्तो परिस्थितिमा हामीलाई साथ चाहिन्छ । तर, राजनीतिक परिस्थितिमा फेरबदल हुँदा साथ पाउने र गुम्ने क्रम चलिरहन्छ । जसको असर तल्लो तहसम्म जनताका घरसम्म पुग्नु स्वभाविक हो ।
बाढीले बगाएका अन्य संरचनाको काम के हुँदै छ ?
– बिजुलीको ९० प्रतिशत काम सकेका छौँ । सबै पुनः निर्माण भएर सञ्चालनमा आएका छन् । अरु विषयमा सिंचाईको काम पनि गरिरहेका छौं । केही समयमा सबै संरचनाहरु पहिलेकै अवस्थामा आउँछन् । हामि यसैमा केन्द्रित भएका छौं । संघ र केन्द्रको आशा गरेर लामो समय बस्यौँ, जसका कारण ढिला भयौं । अब पर्खेर नहुँदो रहेछ ।





