शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस नेपालमा पनि भेटियो

बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस नेपालमा पनि भेटियो


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७७, सोमबार

काठमाण्डौ, ५ माघ– बेलायतबाट आएका तीन नेपाली नागरिकमा नयाँ ‘भेरियन्ट’भाइरस देखा परेको पुष्टि भएको छ । दुई पुरुषसहित (६७ र ३२ वर्षका) एक महिलामा (उमेर २८) उक्त भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा आएका नागरिकको स्वास्थ्य परीक्षण गर्न विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो ।
पाँच जनामध्ये तीन जनामा ‘भेरियन्ट’ भाइरस देखिएको हो । २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषमा पिसिआर नेगेटिभ आएको छ । ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
नयाँ भाइरस देखिएका तीनमध्ये दुई जना संक्रमणमुक्त भइसकेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । उनले भने, ‘६७ वर्षीय पुरुषमा लक्षण नदेखिएकोले होम आइसोलेसनमा बसी उपचार गरिरहेका छन् । निरन्तर चिकित्सकको निगरानीमा राखी उपचार भइरहेको छ।’ उनका अनुसार संक्रमित काठमाडौंका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->