शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

केही दिनमै नेपालमा कोरोनाविरुद्धको खोप, सुरुमा फ्रन्टलाइनरलाई

केही दिनमै नेपालमा कोरोनाविरुद्धको खोप, सुरुमा फ्रन्टलाइनरलाई


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७७, सोमबार

काठमाण्डौ, ५ माघ– नेपालमा कोरोना भाइरस संक्रमण देखिएको एक वर्ष पुग्दा सरकारले कोरोनाविरुद्ध खोप ल्याउन गरेको सम्पूर्ण तयारी पूरा गरेको छ ।
नेपालले कोभ्याक्सबाट आउने खोप ढिलो हुने भएकाले सरकार आफैंले खोप खरिद गरेर सुरुमा फ्रन्टलाइनमा खटिएका तीन प्रतिशत जनतामा खोप प्रयोग गर्ने तयारी थालिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब केही दिनमै ’सेरम इन्स्टिच्युट अफ इन्डिया’ ले उत्पादन गरिरहेको कोभिसिल्ड खोप ल्याउने सबैखाले तयारी पूरा गरिसकेको छ ।
जसका लागि मन्त्रालयले खोप प्रयोग गर्न चाहिने कोरोना निर्देशिकासमेत बनाइसकेको छ । गत शुक्रबार औषधि व्यवस्था विभागले कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएपछि नेपालमा यही खोप आउने लगभग निश्चित भएको हो ।
यही खोप ल्याउन स्वास्थ्य सचिव लक्ष्मण अर्याल भारत पुगेर कोभिसिल्ड खोप उत्पादन गरिरहेको कम्पनीसँग सल्लाह गरेर आएका समेत बताइएको छ । नेपालमा खोप आएको एक हप्ताभित्रै प्रयोग गरिसकिने र त्यसका लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी छ ।
नेपालमा खोप आए सुरुमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीसहित त्यस्तै अन्यलाई लगाइने भएको छ । यता केही दिनमै भारतमा बनेको सेरम कम्पनीको कोभिसिल्ड खोप खरिद गरेर ल्याएर कोरोनाविरुद्ध खोप अभियान सुरु गर्ने तयारी भए पनि कोभ्याक्स फ्यासिलिटीले दिने खोप भने चैत वैशाखसम्म आइपुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->