अनेक वाद ति भए ठग्ने मन्त्र
लोकतन्त्र भन्दै ल्याए नाता तन्त्र ।
शासुलाइ राजदुत शम्धीलाई सिइओ
मिल्ने पद सबै नातैलाई दियो ।
एक पल्ट हो र सात पल्ट सम्म
लुटेर खाँदा नि हुँदैनन् टम्म ।
जता ततै छ नातैको जालो
मेयर बनाए छोरी र सालो ।
भर्न मिल्ने पद भए कँहि खालि
भान्जा भान्जी ,साला र साली ।
घरभेटी पनि नातैमा परे
ठेक्का र पट्टा उनैलाइ अरे ।
खोजिन्न शिक्षा र अनुभवको हद
बुहारी परे दियो मन्त्री पद ।
लिन लाइ पानी गइन बुहारी नानी
मुहानै भत्काइन के ल्याउथिन पानी ।
पानी नआए नि छैनन् ट्याङकी खाली
भरि भराउ छन् धन पैसो हालि र ।
इश्वरका नामको नखाएसि कसम
तैँ शम्धी मैँ शम्धी लुटेर बसम ।
हुँदैन छानविन भए सबै ब्यर्थ
दाइजो हो भन्दै लगाउछन् अर्थ ।
सम्पती बिबरण ब्यार्थै भो भर्न
बाध्य बनाए अब यसो गर्न ।
मन्त्रीका लागि थप व्यबस्था गराउ
शम्धी बिबरण नछुटाइ भराउ ।
देखेनन् कहिल्यै जनताका आशु
लोकसेवा भन्दै पोशे दिदी शासु ।
हुँदैन बिरोध बाँडिचुँडि खाँदा
आफन्त बाँडेर कुर्चिमा लाँदा ।
मतलव हुँदैन पार्टि साटि
नाता परेसि जोडिन्छ घाँटी ।
नातामा पद ,बाँड्दा ,जोखेर
अर्काकी छोरी नि हिँडे बोकेर ।
जहानिया शासन त थियौ नै पहिले
गरेर क्रान्ती ल्यायौ के अहिले ।
ल्याउनु रै छ आखिर यस्तो पो दिन
हजाारौको वलिदान गरायौ किन ।
(अर्जुनराज पन्त व्यङग्य कवि पन्त नेपाली साहित्यको पहिलो ब्यङग्य काब्य कोइलीका समेत लेखक हुन् )





