एक सुन्दर शहरमा धनाढ्य व्यापारी रहेछन । उनका ४ भाइ छोरा रहेछन । उनले अति नै मेहनत गरेर धन मात्र कमाउन ध्यान दिने गर्थे । आफ्ना सन्तानलाइ खुसी र सुखी राख्न रात दिन खाइ नखाइ धनका लागि मरिहत्ते गर्दथे । ४ भाइ छोराका लागि आलिसान महल ठाउँ ठाउँमा सिङ्गमर्मर जडान गरेर अति आधुनिक महल पनि बनाइदिएका थिए । उनको अर्धाङ्गिनी पहिला नै खसेकीले छोराहरुको सुखका लागि केवल धन मात्र कमाउने धन्धामा लागेका थिए ।
चार भाई छोरामध्ये कान्छा छोराका अंशमा बाबा परे । ती धनाढ्य बाउ बूढा भए कान्छाले पाल्नु पर्ने भयो । बूढालाई खकार सिंगान गरेको देखेर कान्छी बुहारी अति नै कचकच गर्न थाली । त्यो घरमा शान्ति भएन ।बुहारीले आफ्ना पतिलाई भनेपछि घरको माथिल्लो तलामा एक एट्याच वाथरुमसहितको कोठा बनाएर सबै सामानले युक्त कोठा बनाएर बूढो बाउलाइ त्यही सार्ने कुरा अनुसार माथि सारिएछ । कोठामा एक घण्टी पनि जोडीएको थियो जबकि बूढालाई केही चाहिएमा सो घण्टी दवाएपछि नोकरहरु सोध्न जाने र मागेको पु¥याउँथे ।अकस्मात बूढा बिरामी परे । त्यो घण्टी छिच्न पनि सकेनन । घण्टी नबजेपछि नोकरहरु पनि माथि गएनन । धेरै दिनपछि घरमाथि गिद्ध उढ्न थाले । छिमेकीले भन्न थाले सेठका घरमा के गनाएको छ । हरे दुर्दशा ४ भाइ सन्तान को सुखका लागि ३५ वर्षमा पत्नी गुमाएका हरिनारायण पानी पनि खान पाएनन् ।





