शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सातै प्रदेश पुग्दै कोभिड–१९ बिरुद्धको खोप

सातै प्रदेश पुग्दै कोभिड–१९ बिरुद्धको खोप


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०७७, आइतबार
फाईल तस्विर

काठमाडौं, ११ माघ– भारतले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ आज सरकारले सातै प्रदेशमा पठाएको छ । गत बिहीबार भारतले अनुदान स्वरूप नेपाललाई १० लाख डोज खोप दिएको थियो । टेकुस्थित स्टोरमा राखिएको सो खोप आज देशका विभिन्न भागमा पठाउन लागिएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार सबै प्रदेशमा खोप पठाउन शुरू भइसकेको बताए । यसअघि हिजै खोप पठाउने भनिएपनि औषधि व्यवस्था विभागबाट गर्नुपर्ने केही कागजी कार्य नसकिँदा आजबाट खोप पठाइएको हो ।

टेकुस्थित स्टोरमा राखिएको खोप लिएर बोकेको रेफ्रिजेरेटर भ्यानलाई उच्च सुरक्षासहित विभिन्‍न प्रदेशमा लगिँदैछ । पहिलो पटक मन्त्रालयले सात प्रदेशका ७७ वटै जिल्लामा खटिएका फ्रन्टलाइन हेल्थ वर्करलाई लगाउन पुग्ने ४ लाख ५० हजार डोज खोप पठाउँदै गरेको हो ।
यो खोप कोरोना महामारी नियन्त्रण गर्न फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गरिरहेका चार लाख ३० हजार कर्मचारीलाई लगाइनेछ । खोप लगाउनेहरूको सूची सरकारले तयार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->