शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा आईपुग्यो कोभिड विरुद्धको भ्याक्सिन

स्याङ्जामा आईपुग्यो कोभिड विरुद्धको भ्याक्सिन


  • हिमलाल पराजुली
  • माघ १२ २०७७, सोमबार

स्याङजा, १२ माघ–कोरोना भइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन स्याङजा आइपुगेको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले कोरोना भाइरसको दश लाख डोज भ्याक्सिन उपलब्ध गराएको थियो ।
भारत सरकारले उपलब्ध गराएको भ्याक्सिन सरकारले जिल्ला जिल्लामा पठाउँन सुरु गरेको छ । नेपाल सरकारले जिल्लाको लागि पाठाएको १ सय ७१ भायल १७ सय १० डोज कोरोना भाइरस विरुद्धको भ्याक्सिन सोमबार प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्मालाई हस्तान्तरण गरेकाछन् ।
सरकारले जिल्लाको लागि पठाएको भ्याक्सिन पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारिहरुलाई लगाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->