बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

होलीले…रंगायो मेरो नयाँ चोली !

होलीले…रंगायो मेरो नयाँ चोली !


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १४ २०७७, शनिबार

शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीत गाउँदै रातभरि विभिन्न कार्यक्रम आयोजना गरिनु होलीको मौलिक चरित्र हो । होली पूर्वीय दर्शनसँग जोडिएको छ । होलीसँग विभिन्न कथा र पूरककथा सम्बन्धित भएपनि खासमा होली रंगहरुको पर्व हो । होली अयोध्यादेखि अवध, मिथिला र हिजोको बाइसे–चौबीसे राज्यमा पनि मनाइन्थ्यो । काठमाडांैको वसन्तपुरमा चीर ठड्याएपछि होलीपर्वको औपचारिक सुरुवात हुनुले यो कुराको पुष्टि गर्छ । हनुमान ढोकाको गद्दी बैठकमा तीनतले चीर ठड्याइन्छ । असत्यमाथि सत्यको जीत भएको सूचकका रूपमा चीर राखिने र पछि टुँडिखेलमा चीरलाई विसर्जन गर्ने चलनरहेको छ । त्रेतायुगमा भगवान् विष्णुका परमभक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ ।
हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आफैं आगोमा भष्म भएकी दिनका रूपमा होलीको पर्व पदार्पण भएको मानिन्छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको वध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनमा रंगीन उत्सव मनाएको विवरण पुराणहरूमा पाइन्छ । नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउँछ भने पहेँलो रंग भगवान् श्रीकृष्णको प्रिय रंग हो । शौभाग्यको सूचक रातो रंगको प्रयोग पनि आज व्यापक गरिन्छ । फागुन गीत,जोगीरा, चैतावर र धमारजस्ता मौलिकता बोकेका होलीगीतहरु हराइसकेका छन् । मौलिक लोकगीत मानिने जोगिरामा ‘सारा–रा–रा’… र चैतावरमा ‘रामा चैत मासेका’ पटक–पटक दोहो¥याइन्छ । सदा आनंद रहे यही दुआरी, मोहन खेले होली रे… बोलका आशिर्वाद दिनेखालका गीतबाट होलीको त्यौहार सुरु गरिन्थ्यो । त्यसपछि देवी–देवता तथा गुरु वन्दनाले ठाउँ पाउँथ्यो । ‘सुमिरौं गुरुदेव को जिसने दिया है ज्ञानजी, सुमिरौं मां सरस्वती को जिसने दिया है विद्याजी’ लगायतका गीतहरु जोगीरामा गाइन्थ्यो । हे धनकुंड नाथ महराज शिव हो भोला बिराजे झाड़ी में… अंगिका क्षेत्र का गीत थातो साहब मेरो बानिया, गुरु हो बैठे करे व्यापार, बिन डंडी बिन पालरा तौले जग संसार … जस्ता बज्रगीत पनि होलीमा बज्थे । बिना चुहलबाजी होली अधूरी लगती है, तो आगे अरवा चावल के भात पकवले खड़ा मसूर के दाल र होली समापनको क्रममा मचवले रे गोरिया, इनरवापर… झूमरजस्ता गीत गाउने परम्परा थियो । तर,तराईमा यी गीतहरु आजकल बज्न छाडेका छन् । द्धिअर्थी हिन्दी र भोजपुरी गीतहरुले पुरानो परम्परालाई विस्थापित गरिदिएको छ । रातभर डिजेको तालमा नाच्ने परम्पराले प्रश्रय पाएको छ । त्यसो त, मौलिक पर्व होलीसँग जोडिएका केही फिल्मीगीतहरु साँच्चिकै चर्चामा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->