शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एकैदिन एक हजारभन्दा धेरैमा कोरोना संक्रमण

एकैदिन एक हजारभन्दा धेरैमा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७८, आइतबार

काठमाण्डाै, ५ वैशाख– पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् ।
संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->