शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एकै बिद्यालयका ३९ जनामा कोरोना संक्रमण

एकै बिद्यालयका ३९ जनामा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०७८, मंगलबार

बागलुङ, ७ वैशाख– आइतवार र सोमबार पनि नियमित कक्षा चलेको बागलुङ नगरपालिकाको एक बिद्यालयमा पढ्ने बिद्यार्थी र शिक्षक गरी ३९ जनामा मंगलवार मात्रै कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य कार्यालय बागलुङले उक्त बिद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टी भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

पुष्टी भएकालाई घरघरमै सुरक्षित रहन भनिएको छ । तर उनीहरु सँगै पढेका अन्य बिद्यार्थी बिदा मनाउन कता पुगेका छन् भन्ने बिद्यालयमा जानकारी छैन । संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भनेपनि सोमबार सम्म बिद्यालय बन्द गर्ने नगरपालिकाले निर्णय गरेको छैन ।

मन्त्री परिषदको निर्णयले समेत यहाँ भन्ने सम्बोधन नगरेको भन्दै बिद्यालय खोल्ने निष्कर्षमा पुगेको नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले बताए । ‘हामीलाई तोकेर बन्द गर्न नभनेको, जोखिम पनि देखिएको कारण पढाइ खुला छ’ शर्माले भने, ‘लामो समय बन्द भएको पढाइ रोकेर हु“दैन ।’ यस अघि यहा“को एक प्राविधिक शिक्षालयमा २५ जना तथा अन्य बिद्यालयका १० जना बिद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->