काठमाण्डौ, ७ वैशाख– मंगलबार नेपालमा १ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्भने ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७ सय ३७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । २ सय ५१ जना निको भएका छन् ।
कूल संक्रमित संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ । मृत्यु संख्या ३, हजार १०२ पुगेको छ ।





