काठमाडौं, १० वैशाख – पछिल्लो २४ घण्टामा थप २ हजार ५५९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ८ हजार ७९८ पीसीआर परीक्षणबाट २ हजार ४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् ।





