बागलुङ, १२ वैशाख– आईतबार गण्डकी प्रदेशका १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्की, बागलुङ, तनहुँ र म्याग्दीमा नयाँ संक्रमित फेला परेकाहुन् ।
स्वास्थ्य निर्देशनालय पोखराले पछिल्लो २४ घण्टाको रिपोर्ट सार्वजनिक गर्दै संक्रमितको संख्या बढेको तथ्यांक सार्वजनिक गरेको हो । कास्कीमा १ सय १४ जना, बागलुङमा २२ जना, तनहुँमा १० जना र म्याग्दीमा ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी नवलपुरमा ७ जना, स्याङ्जामा ३ जना र पर्वतमा १ जना गरी गण्डकी प्रदेशमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या १७ हजार ७३७ पुगेको पनि निर्देशनालयले जानकारी दिएको छ ।





