शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०७८, सोमबार

काठमाण्डौ, १३ वैशाख– कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ ।

सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निर्णयको ड्राफ्ट तयार हुँदै गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनले करिब एक घण्टामा ड्राफ्ट तयार भई सबै निर्णयबारे सूचना सार्वजनिक गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->