शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मंगलवार बागलुङमा १४ संक्रमित थपिए

मंगलवार बागलुङमा १४ संक्रमित थपिए


  • ढोरपाटन संबाददाता
  • बैशाख १४ २०७८, मंगलबार

बागलुङ, १४ वैशाख– बागलुङमा मंगलबारसम्म ९२ जना कोरोनाका सक्रिय संक्रमित पुगेका छन् । मंगलबारमात्रै १४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
तीमध्ये ४ जना जिल्ला प्रहरीको हिरासतमा बसेका बन्दी छन् । बाँकी १० जना सदरमुकाम आसपासका हुन् । उनीहरुको ठेगाना खुलेको छैन । अन्यत्र ठेगानाका भएपनि सदरमुकाममा बस्दै आएकाहरु बढी भएको घिमिरेले जानकारी दिए ।
उनीहरुमध्ये अहिलेसम्म ताराखोला कोभिड अस्पतालमा १ जना, धौलागिरि अस्पतालमा ३ जना गरी ४ जना आइसोलेसनमा छन् । बाँकी सबै घरघरमै रहेका छन् । पछिल्लो समय संक्रमितको संख्या बढेपछि जोखिम बढेको छ । सहरीक्षेत्रमा लकडाउनको अबस्था आएपनि बागलुङमा भने बिद्यालय मात्रै बन्द छन् ।
यसैबीच सामुदायिक प्र्रहरी सेवा गुठीले सार्वजनिक स्थान र पसलमा बस्नेलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । उनीहरुले आइतवारदेखिनै बजारमा सचेतनामूलक अभियान थालेको अध्यक्ष लीला खड्काले बताइन् ।
सामुदायिक प्रहरी भनेको जनताको सुःख दुःखमा काम गर्ने संस्था भन्दै उनीहरुले स्वयंसेवक समेत परिचालन गरेर अनिवार्य मास्क लगाउन सूचना प्रवाह पनि गरेका थिए । उनीहरुले हरेक व्यक्तिलाई तपाइको मास्क खोइ ? भनेर प्रश्न पनि सोध्ने गरेका छन् ।
प्रहरीको बर्दीसहितका स्वयंसेवक पनि पुगेपछि पसलमा बसेका व्यपारी र सडकमा हिडेका मानिसले पनि मास्क लगाएका थिए । नभएकहरुले मागेर लगाएको र केहीलाई प्रहरीलेनै बाँडेको सामुदायिक प्रहरी सेवा गुठीका सचिव मञ्जुल शाक्यले बताए । सामुदायिक प्रहरीले टोलटोलमा पुगेर पैदलयात्रीदेखि सवारी साधनमा हिड्नेलाई समेत अनिवार्य मास्क लगाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->