शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका ३६ र पर्वतमा थप एक जनामा संक्रमण पुष्टि

बागलुङका ३६ र पर्वतमा थप एक जनामा संक्रमण पुष्टि


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २२ २०७८, बुधबार

बागलुङ, २२ वैशाख– बागलुङमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको पिसीआर प्रयोगशाला, गलकोट र बरेङमा गरिएको एन्टिजेन्ट परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । धौलागिरी अस्पतालको पिसीआर प्रयोशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–१२ का १३ जना, वडा नं. २ का ८ जना वडा नं. १३, ६, ३ र ४ का १÷१ जना, वडा नं. १ का ५ जनामा संक्रमण पुष्टि भएको हो । ताराखोला गाउँपालिका–३ का १ जना, काठेखोला गाउँपालिका– ६ का १ जना र कुश्मा नगरपालिका–९ का १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । बरेङ गाउँपालिका–५ का ३ जना र गलकोट नगरपालिका–३ का १ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको एन्टिजेन्ट परीक्षण भएको थियो । बागलुङमा सकृय संक्रमितको संख्या बुधबार बिहानसम्म १ सय ९२ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->