काठमाडौं, २४ वैशाख– गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा तीन पुरूष र एक महिला हुन् ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयअनुसार पर्वत, तनहुँ, कास्की जिल्लाका कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५३ देखि ६८ उमेर समूहका रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।





