
काठमाण्डौ, २४ वैशाख– संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको शुक्रबार विहान निधन भएको हो । सांसदहरुको स्वाब संकलन गरेकै दिन बैशाख २२ मा उनको स्वाब संकलन गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि विहान शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको केही समयअघि पित्तथैलीको पत्थरीको अप्रेशन गरिएको थियो ।





