शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा कोरोनाबाट एकै दिन सात जनाको मृत्यु

गण्डकीमा कोरोनाबाट एकै दिन सात जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७८, शुक्रबार
फाईल तस्वीर ।

पोखरा, २४ वैशाख– गण्डकीमा शुक्रबार एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की, म्याग्दी, रुपन्देही, पर्वत, तनहुँका संक्रमित छन् । उनीहरुको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
बिहीबार मृत्यु भएकामध्ये पर्वत कुश्मा नगरपालिका ९ का ५३ वर्षीय पुरुष, पर्वतकै जलजला गाउँपालिका ३ का ६३ वर्षीय पुरुष। तनहुँ ब्यास नगरपालिका ९ का ६० वर्षीय महिला, पोखरा महानगगर २५ का ६८ वर्षीय पुरुष, म्याग्दी बेनी नगरपालिका २ का ७३ वर्षीय पुरुष छन् ।
पोखरामा उपचारका क्रममा बिहीबार दाङ, लमही नगरपालिका ५ का ४४ वर्षीय महिला र रुपन्देही बुटवल उपमहानगरपालिका ५ का ३२ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ ।
बिहीबारमात्रै गण्डकीमा कोरोनाबाट ४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार बैशाखयतामात्रै गण्डकीमा कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको छ ।
प्रदेशभर कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ भने सक्रिय संक्रमितको संख्या पनि ३ हजार नाघेको छ । जसमध्ये अधिकांश होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->