बागलुङ, २६ बैशाख – बागलुङमा आईतबार थप २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकाका २० जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । उनले बागलुङ नगरपालिका वडा नम्बर ३ का १३, ४२ र ५० बर्षिय तीन जना पुरुष र ११, ३७ र ४६ बर्षिया तीन जना महिला, वडा नम्बर ४ का २७ बर्षिया एक जना महिला र वडा नम्बर ८ का ३० बर्षियाा एक जना महिलालाई संक्रमण पुष्टि भएको बताए ।
यस्तै घिमिरेले काठेखोला गाउँपालिका वडा नम्बर ८ का ४५, ४५, ४९, ५४, ६१, ३२, ५७ र १२ बर्षिय नौं जना पुरुष र ४२ बर्षिया एक जना महिला, वडा नम्बर ५ को २० बर्षिय एक जना पुरुष, निसीखोला गाउँपालिका वडा नम्बर ४ का २७ बर्षिय एक जना महिला र निसीखोला गाउँपालिकाका एक जना २९ बर्षिय पुरुष कर्मचारीलाई संक्रमण पुष्टि भएको बताए ।





