शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशमा थप दुई संक्रमित पुरुषको मृत्यु

गण्डकी प्रदेशमा थप दुई संक्रमित पुरुषको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २७ २०७८, सोमबार
कोरोना संक्रमित शवलाई जलाउदै । फाईल तस्विर

पोखरा, २७ वैशाख– गण्डकी प्रदेशमा थप कोरोना संक्रमणबाट दुई जना पुरुषको मृत्यु भएको छ । म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुष र पर्वत जिल्लाको कुश्मा गाउँपालिकाका ६७ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
डा.विनोद विन्दु शर्माका अनुसार ७२ वर्षीय पुरुषको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा २६ गते दिउँसो ३ बजे मृत्यु भएको थियो । त्यस्तै,६७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरामा उपचारको क्रममा सोमबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->