शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा ६५३ संक्रमित थपिए, १३ को मृत्यु

गण्डकीमा ६५३ संक्रमित थपिए, १३ को मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७८, सोमबार

पोखरा, २७ वैशाख– गण्डकी प्रदेशमा थप ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ११ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी कास्कीका छन् । कास्कीका २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।
निर्देशनालयका कोरोना संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका ८६, स्याङजा १५, बागलुङ ५८, तनहुँ २२, लमजुङ ३७, गोरखा २२, पर्वत ५०, म्याग्दी ६३, मनाङ र मुस्ताङका १÷१ जना छन् ।
योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २३ हजार ८ सय २ जना छन् । सक्रिय संक्रमितको संख्या ५ हजर ५३३ छ । जसमध्ये ३७ जनामात्रै अस्पतालमा उपचाररत छन् ।
गण्डकीमा सोमबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->