शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ घन्टामा ६ हजार १३५ संक्रमणमुक्त, ८ हजार ५२० जनामा कोरोना पुष्टि

२४ घन्टामा ६ हजार १३५ संक्रमणमुक्त, ८ हजार ५२० जनामा कोरोना पुष्टि


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७८, शुक्रबार

काठमाण्डौ, ३१ वैशाख– शुक्रबार देशभर ६ हजार १ सय ३५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार १ सय ३५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख २७ हजार ६ सय ५३ जना पुगेको छ । निको हुने दर ७४.५ प्रतिशत रहेको छ । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय ३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर २० हजार ९ सय ४८ आरटी पिसिआर र ५ सय ३० एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ । यीमध्ये १ लाख ७ हजार ३ सय ३६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा २ सय ३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->