शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१८७ जनाको मृत्यु, आठ हजार सङ्क्रमित थपिए

१८७ जनाको मृत्यु, आठ हजार सङ्क्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७८, शनिबार

काठमाण्डौ, १ जेठ– शनिवार नेपालमा थप ८ हजार १६७ जनामा कोरोनाभाइरस सङ्क्रमण र १८७ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पीसीआर विधि र एन्टिजन विधिबाट १८ हजार ५४८ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन् । बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको थियो। मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ५ हजार ४५५ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभरि एक लाख नौ हजार ७४० जनामा सक्रिय सङ्क्रमण छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->