शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा २४ घन्टामा २८ जना संक्रमितको मृत्यु

गण्डकीमा २४ घन्टामा २८ जना संक्रमितको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७८, आइतबार
कोरोना संक्रमित शवलाई जलाउदै । फाईल तस्विर

पोखरा, २ जेठ– गण्डकी प्रदेशमा कोरोनाबाट पछिल्लो २४ घन्टामा २८ जनाको मृत्यु भएको छ । यो कोरोनाबाट मृत्यु हुनेहरुमा हालसम्मकै उच्च संख्या हो ।
मृत्यु हुनेमा गण्डकीकामात्रै नभई देशका विभिन्न जिल्लाबाट पोखरा उपचार गर्न आएका संक्रमितहरु समेत छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट मुत्यु हुनेहरुमा स्याङजाका बढी छन् । पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा स्याङजाका ७, कास्की ६, तनहुँ ३, लमजुङ र नवलपरासीका २/२ जनासहित काठमाडौं, रुपन्देही, मुस्ताङ, बागलुङ, गोरखा, दाङ, म्याग्दीका एकएक जना छन् ।
मृत्यु हुनेमा ३३ देखि ९१ वर्ष उमेर समूहका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->