बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भूपि पुरस्कार स्थापना विशेष पुस्तिकाबारे चर्चा

भूपि पुरस्कार स्थापना विशेष पुस्तिकाबारे चर्चा


  • याम बहादुर थापा मगर
  • जेष्ठ २ २०७८, आइतबार

नेपाली साहित्यका सारथी, हस्ती भूपि शेरचन हामी विच नरहे पनि साहित्य कृतिमार्फत अझै अमर रहि रहेको कविको रुपमा लिन सकिन्छ । भूपिका कृतिहरु परिवर्तन (नाटक) २०१०, नयाँ झयाउरे (कविता संग्रह) २०११, निर्झर (कविता संग्रह) २०१२, घुम्ने मेच माथि अन्धो मान्छे (कविता संग्रह) २०२७, भूपीका कविता सग्रह (कविता संग्रह) २०५६ रहेका छन् । भूपी शेरचनको जन्म वि.स. १९९२ पुष १० मुस्ताङको टुकुचे थाकमा भएको र निधन २०४६ जेठ १ गते भएको थियो ।
हात परेको पुस्तिका अध्ययन मनन गर्दा
प्रकाशक धवलागिरी साहित्य प्रतिष्ठान बागलुडले ८६ औँ भुपि जयन्ती मिति २०७७ पुष १० को अवसरमा प्रकाशित भूपि पुरस्कार स्थापना विशेष पुस्तिका हात प¥यो ।
धवलागिरि साहित्य प्रतिष्ठान बागलुडको प्रबन्ध समिति ६ जना, साधारणसभा सदस्य १७ जनाको नाम थर उल्लेख छ । वि.स. २०४१।०४।०६ गते स्थापना भएको संस्था हो । प्रतिष्ठानबाट मासिक साहित्य गोष्ठी, साहित्य प्रवाह, कवि गोष्ठी, साहित्यिक भेटघाट, स्मृती सभा, शोक सभा, पुस्तक प्रकाशन, विमोचन, यात्रा आफनै परिवेश, पर्यटन काव्य यात्रा, स्थलगत कविता लेखन आदि विभिन्न कार्यक्रम र कविहरुका जयन्तीका साथै साहित्य विकासका लागि अन्य विभिन्न क्रियाकलाप गर्दै आएको जानकारी गराइएको छ ।
धवलागिरी साहित्य प्रतिष्ठानको मिति २०७३ पुष ६ गतेको बैठकले भूपि पुरस्कार अक्षय कोष स्थापना गरेको थियो । देश भर अभियान संचालन गरेको थियो । सदस्यको प्रकारमा रु १,०००।०० देखि माथि संस्थापक सदस्य, ५,०००।०० देखि माथि विशिष्ट संस्थापक सदस्य रु. २५,०००।०० देखि माथि सहयोग गर्नेलाई संरक्षक सदस्यको प्रावधान रहेको छ ।
भूपी पुरस्कार विशेष अभियानमा संरक्षकहरु ४ जना, विशिष्ट संस्थापक सदस्यहरु २६ जना, संस्थापक सदस्यहरुमा १६१ जना रहेका छन् । भुुपी पुरस्कारबाट पुरस्कृत हुनेहरुमध्ये सुधा त्रिपाठी काठमाडौ भुपीका कवितामा व्यङग्यालङ्ककार चेतना, २०७५, थकाली सेवा समिति बुटवल २०७६, डा. सुकुम शर्मा काठमाडौ, सिर्जनाका परिधिमा भूपी शेरचन २०७७ रहेका छन् । त्यसैगरी भूपी सम्मानबाट सम्मानित हुनेहरुमा सरुभक्त पोखरा २०७५, मोहन चापागाई काठमाडौ २०७६ र लकास पौडेल चितवन २०७७ रहेका छन् ।
साहित्यमा लगानी
सयौ थुकी नदी भनेझैँ थुप्रै साथीहरुको सानो सानो लगानीबाट साहित्य उत्थानमा लाग्नुु ठुलो कुरा होइन । ठुलो विषयबस्तु त निरन्तरतामा भरपर्दो रहेछ । कसरी साहित्यमा भविष्य दृष्टिकोणका साथ उपार्जनमा लागि पर्ने हो भन्ने ठुलो कुरा रहेको छ । कोष स्थापना गरी मुद्धती खातामा राखी व्याजबाट संस्था चलाउने अभियान र सो सोच राम्रो लागि सोचमा आवद्धता हुने सानो प्रयासमा सहभागी हुने अवसर मलाई पनि मिलेको अवस्था छ ।
साहित्यमा लगानी लेखेर, अध्ययन गरेर, प्रकाशक बनेर, अभियानमा सहभागीता जनाइ गर्न सकिन्छ । सहभागीता ठुलो कुरा हुन थालेको अवस्था छ । वर्तमान सुचना र प्रविधिको युगमा सहभागीता ओझेलमा पर्दै गएको छ । लगानी पनि बेवसाइटमा बढदो मात्रामा फेसन जस्तै बाढी आएको छ । साहित्यमा लगानी तत्काल प्रतिफल हात नपर्ने र व्यवसायिकता नभएकोले हतपत लगानीका लागि हात उठाउन चाहदैन ।
साहित्यका विद्यार्थीलाई रुचिकर
मोबाइल चलाउदै थिए । विभिन्न साथीहरुको फेसवुकमा लाइक, कमेन्ट, स्टाटस, म्यासेज बक्स हेर्दै थिए । फोटो र समाचार मुलक सामाग्री हेरी रहेको समयमा काजी रोशन सरको म्यासेज आयो । यम जी भूपी पुरस्कार स्थापना विशेष लिन आउनुस् भनी निमन्त्रणा गर्नुभयोे । म कार्यालयमा थिए । अफिस समयपछि आउँछु है भनी जवाफ दिए । मैले तिरेको मुल्यभन्दा पनि साहित्यमा गरेको सानो लगानीको प्रतिफलको रुपमा मैले लिए पुस्तिकालाई ।
काजी रोशनलाई लेखमार्फत भन्न चाहान्छु कि मलाई अरु थुप्रै सजालमा जोडन नभुल्नु होला है । स्मृती प्रकाशनको संस्थापक सदस्य भएको पनि हजुरकै नेतृत्वमा बन्न सफल भएको थिए । प्रतिभा पहिचानका लागि यात्रा आफनै परिवेशको एक श्रृंखलामा सहभागी हुने मौका पाएको थिए । काजी रोशनका क्रियाकलाप साहित्यका विद्यार्थीहरुका लागि रुचिकर, उत्प्रेरणा, सिकाइ र अनुभुतिको संगम, चिन्तनको चौतारी बनेको आभास पाउन सकिन्छ ।
अन्तमा
सिकाईको निरन्तरतामा अझ सिक्न बाँकी नै छ । सिक्ने र सिकाउने अभियानमा साहित्यकारका जिवनी, कृति, योगदनका विषयमा धेरैभन्दा धेरै सिक्न बाँकी छ । छोरा छोरीको पुस्तातरण गराउन बाँकी नै छ । सिक्दै र सिकाउँदै जानु राम्रो मानिन्छ । बिरलै जनमा पाइन्छ । त्यसैले सिक्ने र सिकाउने चौतारी मानव समुदायमा निरन्ता हुने माध्यम गीत, संगीत, कथा, कविता, यात्रा सस्मरण, उपन्यास, जिवनी नै हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->