शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पाल्पा र पोखराका अस्पतालमा बागलुङका चार जनाको मृत्यु

पाल्पा र पोखराका अस्पतालमा बागलुङका चार जनाको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ४ २०७८, मंगलबार
कोरोना संक्रमित शवलाई जलाउदै । फाईल तस्विर

← Back

Thank you for your response. ✨

बागलुङ, ४ जेठ– पोखरा र पाल्पाका अस्पतालमा उपचाररत बागलुङका चार संक्रमितको सोमार राती र मंगलबार मृत्यु भएको छ । गत वैशाखमा बिहे गरेर गुल्मीबाट बागलुङ आएकी एक युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ढोरपाटन नगरपालिकी २२ वर्षीया महिलाको सोमबार राती मृत्यु भएको पारिवारिक श्रोतले जानाकारी दिएको छ । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वास्थ्य केन्द्रमा आएकी ती महिलाको ३० बैशाखमा स्वाब लिइएको थियो । स्वास्थ्य केन्द्रमा उपचार नहुने अवस्था आएपछि उनलाई पाल्पा पठाईएको थियो । पाल्पामै उपचाररत महिलाको सोमबार राति मृत्यु भएको हो । मृत्युपछि परिवारले गुल्मीको रिडिमा मंगलबार दाहसंस्कार गरेका थिए । मंगलबारनै उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । जिल्लाको बागलुङ नगरपालिका–७ का ५४ बर्षिय पुरुषको गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो । उनको सोमबार राती मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनलाई जेठ १ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै ताराखोला गाउँपालिका–१ का २९ बर्षिय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ । उनको पनि सोमबार रातीनै उपचारका क्रममा मृत्यु भएको हो । स्थायी घर ताराखोला भएका उनी लामो समयदेखि पोखरामानै बस्दै आएका थिए । वैशाख ३१ गते उनमा संक्रमण पुष्टि भएको थियो । गलकोट नगरपालिका–८ का ७८ बर्षिय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार बिहान उनको मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनी वैशाख २६ गते संक्रमित रहेको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->