बैंकको कामले निस्कनैपर्ने भएकाले वैसाख २७ गते बिहान १० बजे म घरबाहिर निस्कें । फाट्टफुट्ट मानिसहरू हिडिरहेका भए पनि कलङ्की चोक लगभग सुनसान नै थियो । एम्बुलेन्सहरू साइरन बजाउँदै दगुरिरहेका देखिन्थे । लामै लाइन पर्खेर एउटा बैंकको काम सिद्धाएर अर्को बैंकतिर लाग्दा बाटोमा एउटा सार्वजनिक प्रयोगको बससमेत एम्बुलेन्सका रूपमा गुडेको देखेपछि मलाई अप्ठ्यारो लागिसकेको थियो । आलोपालो पद्धतिले मानिसहरूको बैंकमा बढ्तै चाप परेको देखेपछि म अर्को बैकको काम नगरिकनै फर्कें । त्यस दिनको संसदको गतिविधिले थोरथोरै तानेकाले घर आउनासाथ अनलाइनहरू हेर्दाहेर्दै निंदाएछु । ४०(४५ मिनेटजतिमा जागें । काम त सामाजिक सञ्जाल हेर्ने नै थियो । खोल्नासाथ माधवजीको पोस्ट आयो – ‘असैह्य पीडाका साथ भाइ रञ्जन घिमिरेलाई वैकुण्ठवासको कामना गर्दछौं । ‘वास्तवमा म अभिघातित भएँ । रञ्जन मेरो नातागोता होइनन्स जोडिएकै छिमेकी पनि होइनन् तर, राम्ररी चिनाजान गरिएका एउटा युवा हुन्, तरूण हुन् । अरुहरूजस्तै ५(७ वर्ष पढाइको सिलसिलामा अमेरिका बिताएर पोहोरमात्रै नेपाल फर्केका कोभिडकै सेरोफेरोमा गत नवरात्रको सप्तमी ९फूलपाती०का दिन घरजम गरेका मानिस् हुन् । अहिले उनकै दाजु९ठूलो बुवाका छोरा०को पोस्ट यस्तो छ । फेसबुक न हो ह्याक पनि हुनसक्छ भन्ने लागेर माधवजीलाई बोलाएरै सोधेंस उहाँ उदासीले लुलो भइसक्नुभएजस्तो थियो, मसित कुरा गर्नेसम्मको इनर्जी पनि थिएन । ‘भाइ त गयो(गयो, घाट जान पनि पाइएन, ३ जनालाई मात्रै अनुमति दिंदोरहेछ, काका, बुहारी र अर्को भाइलाई पठायौं’ भन्नुभयो ।
यो अभिघात भनेको मानसिक घाउ पार्ने अतीव पीडादायी अनुभूति हो । अभिघातमा सामान्य मृत्यु , अकाल मृत्यु, बिछोड, बलात्कार, हरणजस्ता सङ्कटमा परी कुनै मानिस असीम पीडा बोध गरेर मानसिक रुपमा अभिघातित हुन्छ । मानिसलाई अपहत्ते, बिनास, हानि, नृशंशता आदिको सङ्कटावस्था पनि आउन सक्छ वा आउने सम्भावना रहन्छ भने पनि त्यस अवस्थालाई अभिघात भनिन्छ । अभिघात आन्तरिक र बह्य गरी दुई अवस्थाको हुन्छ । आफ्नै, आफ्नो परिवार र आफन्तको चरम सङ्कटमा आन्तरिक अभिघात लाग्दछ भने महाविनाश, युद्ध र नृशंश कृत्य आदिका कारण बाह्य अभिघात लाग्दछ । यो नदेखिने खालको अन्तरहृदयको घाउ हो । अभिघात देहगत र मानसगत दुवै हुनेभए पनि वर्तमान महामारीको अभिघात मूलतस् मानसिक अभिघात हो ।
यस महामारीले योभन्दा नजिकैका मृत्यूहरू पनि भोगें । १३ दिनपहिला मेरै जेठी माइजु जानुभयो, मभन्दा जम्मा ६(७ वर्ष जेठी, कोही पनि अन्त्यष्ठीमा सरिक हुन मिलेन । तर, भाइबैनीहरू सबै हुर्किसकेकाले सहजै लिइयो । त्यसै दिन मेरो बाल्यसखा शैलेन्द्रको पनि देहावशान भयो, यसैकाकारण ।
दुस्ख त बेस्सरी लाग्यो तर यतिका सक् नै भनें भएन । यी दुबै मृत्यूहरूलाई हेलचक्र्याइँ गरेहुनन्स अज्ञानमा बितेहुनन्, उपचार अभावमा ज्यान गएहोला वा भुलहरूमा जीवन गएहोला भन्ने लागेको थियो । किनभनें माइजुलाई लुम्बिनीतिरका हस्पिटलहरू घुमाउँदै घरनजिकैको कोभिडअस्पतालमा १ रात राखेपछि देहान्त भएको थियो भनें काठमाडौंमै बसिरहेको शैलेन्द्र वैशाख १३ गते आफ्नी आमाको चौराशीपूजनार्थ घर९ढोपाटन(५, बाग्लुङ० गएको ९मलाई पनि लिएरै जाने हठ पनि गरेको०, उतै अस्वस्थताको लक्षण देखिएपछि उपचार गराउन हिंडाइएको, पाल्पा ल्याउँदा कोभिड पोजिटिभ देखिएको, त्यहाँ उपचार सम्भव नभएपछि पोखरा लैजाँदै गर्दा बाटैमा ज्यान गएको भन्ने सूचना थिए । तर रञ्जनको त अवस्था फरक हो । काठमाडौंको सीतापाइलामा स्थायी बसोबास थियो, लामै समय अमेरिका बसेको हुँदा हेल्थकन्सस् नहुने भन्ने नै भएन, उनका पिताजी लामै सरकारी सेवाबाट निबृत्त र दाजु बहालवाल नै हुनुभएकाले काठमाडौंको अवस्था र सेवा मिल्ने स्थानहरूको जानकारी पनि पक्कै राख्नुहुन्थ्यो । र पनि, १ वा २ दिनको सामान्य लक्षणमै जीवन गयो ।
व्यक्तिलाई अभिघातको अनुभूति जहिले पनि हुन सक्छ । बाल्यावस्थामा आफ्नै दाजु, भाइ,दिदी या बहिनीको मृत्यु देखेमा अभिघात हुन जान्छ । आमा बाबुसँग बिछोड भएमा, आत्मीयजनको अकाल मृत्यु भएमा वा तिनीहरु कसैले आत्महत्या गरेमा सानै उमेरदेखि मान्छे अभिघातको सिकार हुन्छ । सिद्धान्तका रूपमा मनोविश्लेषण सिद्धान्तसँग यसले नजिकको नाता राख्दछ र बालापनको त्यही अभिघात, पछि गएर मान्छेका आचरणमा असामान्य मानसिकताका रुपमा देखापर्दछ भन्ने मान्यता यस सिद्धान्तको छ । जेफ्री हार्टम्यान , ससुर र डेरिडाहरुले मानसिक घाउका रुपमा यस सिद्धान्तलाई मनोविज्ञानका क्षेत्रमा अध्ययन गरेका हुन् । प्रथम र दोश्रो विश्वयुद्ध अनि त्यसपछिका विभिन्न घातक युद्धहरु, गृहयुद्धहरु आदिका द्वन्द्वमा अभिघातजन्य भयावहले अकल्पनीय रुपमा स्थान लिएको र भूमिका खेलेको थियो । अहिले मेरा मनमा त्यस्तै भएको छ । मानिसको जीवन कर्कलाको पानी १११
वैशाख २८ गते यति टाइप गरेर मोबाइल समाएको फेसकुकका भित्तामा एउटा दुस्खदायी समाचार देखियो – पशुपति चौलागाई रहेनन् । पत्यार लागेन, कुनचाहिं फेकुले पोस्ट्यायो भन्ने सोचें । २ मिनट भएको छैन श्रद्धाञ्जलीका लहरै चलेस नपत्याई सुखै भएन । १(२ वटाकोमा श्रद्धाञ्जली लेखेर मोबाइल अफ गरें । तर, निद्रा लाग्ने कुरै थिएन ।
पशुपतिलाई मैले लामै सङ्गत गरें, उहाँका गुणको बखान यहाँ कति गर्नु स तर, मेरा आँखा खोलिदिने मानिस हो चौलागाईंजी । घटना २०५४ को अन्तिम २०५५ को सुरूतिरको हो । त्यतिखेर उहाँ प्रजातान्त्रिक राष्ट्रिय युवासंघ, नेपालको अध्यक्ष हुनुहुन्थ्यो । म बाग्लुङको भूगोलको राजनीतिमा थिएँ । पार्टी विभाजन पहिला म युवा संघको केन्द्रीय सदस्यमा आउने कुरा निधो गरिएको थियो । फागुन २१ मा पार्टी विभाजन भयो । म सदरमुकामबाट ढोरपाटनतिर गएँ, पार्टी थाम्न । उतैबाट राष्ट्रिय सम्मेलनमा सोझै काठमाडौं आएँ । उतिखेर मध्यपहाडी बनेको थिएन, बुटवलतिरबाट यातायात चल्थ्यो । सम्मेलनका अरु प्रक्रियाहरू सकिएर जब नेतृत्वचयनको चरणमा पुगियो, उम्मेद्वारीमा पूर्वसमझ्दारीभन्दा भिन्न परिवेश सिर्जना भएको रहेछ । मैले त दिने नै भएँ, अरू साथीहरूले पनि दिनुभयो । केही समय नामहरू छलफलमा रहने नै भए । सबैतिर मिलिसक्दा पनि मेरो उम्मेद्वारी कायमै भएपछि पशुपतिजीले मलाई बोलाउनुभयो । भित्र एउटा कोठामा हामी दुई जना बसेर एकछिन कुरा गर्यौं, मैले उहाँकै सामुन्नेमा भएको सहमतिका कुरा गरें । उहाँले मलाई बाग्लुङका पार्टी सचिवको सिफारिस भनेर जुन नाम देखाउनुभयो, उहाँको उम्मेद्वारी थियो । मैले उहाँका अनुहारमा एकटक हेरिरहन पुगेछु , मुन्टो हल्लाएछु र निस्केछु । यो पछि उहाँले भन्नुभएको । तुरुन्तै उम्मेद्वारी फिर्ता लिइहालें । सम्मेलनको समाप्तिपछि मैले बधाइ भन्न भेट्दा चिया नखाई छुट्नुहुँदैन है भन्नुभयो । अर्को दिन १ घण्टा बागबजारमा चिया पिएर बिताइयो । त्यसबखत उहाँले मेरो भूगोल, मेरा सदरमुकाम वरिपरिका साथीहरूको मानसिकता, मुलुककै अन्य मेरोजस्तै दुर्गमका कार्यकर्ताले व्योहोर्नु परिरहेको पीडा जस्ता विषयमा र मेरो स्वाभावबारे पनि सटिक विवेचना गरिदिनुभयो । मलाई ऐना देखाइदिएजस्तो लाग्यो । हामी छुट्यौं, बाग्लुङ फर्केर सचिव कमरेडसँग सक्रिय कामबाट विदा मागें ९उतिखेर सचिव नै पार्टीप्रमुख हुने प्रणाली थियो०, तर उहाँले मान्नुभएन । तैपनि म हिडें । काठमाडौंको बसाइ भएकाले चौलागाईजीसँग पटकपटक भेट भयो, असङ्गठित छु भन्दा यसरी कहाँ हुन्छ, कमिटीमा बसिहाल्नुस् भन्नुभयो, फलानो कमिटीमा छु भन्दा माथि आउनुपरो भन्नुभयो तर, बिर्सनुभएन । म प्रगतशील स्वास्थ्य व्यवसायी मञ्च नेपालको अध्यक्ष चयन हुँदा फोन गरेर बधाइ भन्नुभएको थियो, नवौं महाधिवेशनमा स्वास्थ्य उपसमितिमा रहेर काम गर्दा हाम्रा कमरेडहरू कत्तिका रोगी रहेछन् थाहा पाउनुभो’ भनेर मुस्कुराउनुहुन्थ्यो । आज म अभिघातित भएर अलविदा कमरेड भन्नुपरिरहेको छ । संविधानसभाका सदस्यसमेत रहेका, मुख्यमन्त्री हुने उद्देश्यका साथ वाग्मति प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएका पशुपतिको मृत्यु पनि अज्ञान, अभाव र भुलहरूमा होइनस राजधानीको राम्रै सुविधा भएको अस्पतालमा प्राथमिकतापूर्वक उपचार हुँदाहुँदै हो ।
त्यसपछि मेरा लागि पीडायायी अर्को एउटा मृत्यु भयो – बाग्लुङ, ढोरपाटनका शेरमान घर्तीको । उमेरमा त्यति धेरै जेठो होइन म तर मैले पढाएको हुँ, एसएलसीको परीक्षा दिनासाथ २०३९(४० सालतिर । पढाएको मात्रै होइन, अत्यन्तै माया गरेको हुँ, सम्मान प्राप्त गरेको हुँ । भिन्नाभिन्नै राजनीतिक पार्टीलाई समर्थन गर्दा पनि कहिल्यै व्यक्तिगत द्वन्द्व भएन, प्रेम भयो, थैबराको सम्बन्ध । मृत्यु कोभिड(१९ ले भयोस उहाँका १० जना सन्तानमध्ये कति त बालिग भैसकेका पनि छैनन् होला, केहीले आफ्नो जीवन राम्ररी चलाएको सूचना थियो ।
मृत्युहरू अरू पनि भएका छन्, चिनेजानेकैमा भएका छन् । बाग्लुङकै बडिघाटको जलजलामा एकै परिवारका ४ जनाको कोभिडकै कारण देहावशान भएको खबर कम पीडादायी होइन । हस्पिटलाइज्ड भएका साथीहरूको अनुभूति अत्यन्त पीडादायी छ । हस्पिटल गएकाहरूमध्ये मैले नजिकैबाट अनुभूति गरिएका लिलाप्रसाद शेरचन हुन् स उनी जाँदाजाँदै फर्केका मानिस् हुन् । फोनमा लामो कुरा गर्ने त कुरै भएन, छोटाछोटा वार्तामा पनि उनले भनेका कुरा सुनेर मैले मन थाम्न सक्तैनथिएँ । उनी निको भएपछि भिडियोच्याट गरेर ठट्टा गरियो, मरेर फर्केको मानिसको अनुहार कस्तो हुँदोरहेछ भनेर । मरेर बाँचेको मानिस् ११
प्रस्तुत घटनाहरू कोभिड(१९ को विकरालावस्थाको समयगत(युगीन पृष्ठभूमिमा घटेका छन् । यी घटनाहरूमा मेरा मनभित्रका त्रासहरू कपिएका छन् । एकातिर आम नागरिकले स्वास्थ्यसेवा सहजै उपभोग गर्न नपाएको पीडा छ भने अर्को तर्फ आफैं यसको सिकार होइने हो कि भन्ने त्रासजन्य पीडा छ । यो एउटा अभिघातावस्था हो ।
विगत लामै समयदेखि हामी हाम्रो राष्ट्रको स्वास्थ्यसेवाको अवस्थाका कारण सँधै प्रताडित महशुस गरिरहेको अवस्था हो । रञ्जनको घटना मेरा लागि ‘कतै मैले पनि संतान गुमाउनु पो पर्ने हो कि’ भनेर सोंच्न बाध्य पार्ने घटना हो । माइजु र शेलेन्द्र मेरा लगभग समवयी हुन् र चीर परिचित हुन् । यी मृत्युका समाचारले ‘अब मेरै पालो पो आएको हो कि’ भन्ने लाग्दो रहेछ । पशुपतिको मृत्युले ‘जब आयो भनें उपचारसुपचार केही होइनरहेछस सत्ता, शक्ति भन्ने कुरा व्यर्थै रहेछ’ भन्ने अनुभूति गराउँदो रहेछ ।
अभिघातको सिद्धान्तअनुसार यी घटनाको अभिघात बाह्य अभिघात हो । महाविनाश, युद्ध र नृशंश कृत्य आदिका कारण बाह्य अभिघात लाग्दछ । यसमा महाविनाससम्बन्धी अभिघात अभिव्यक्त भएको छ। अभिघात देहगत र मानसगत दुवै हुनेभए पनि मेरो मानसमा पीडा अभिव्यक्त भएको छ, यो नदेखिने खालको अन्तरहृदयको घाउ हो । मेरा मानसपटलमा पीडा छ ।
अब हामीसँग एउटै उपाय छ स् यो २(३ हप्ता घरबाट बाहिर निस्कँदै ननिस्कनें । अब सामान्य अवस्था आएपछि पनि खोप लगाउने र पुरानै प्रोटोकल लामै समय फलो गर्ने । अहिलेलाई घरबाट ननिस्के यस्तो अनुभूति गर्नुपर्दैन भनेर चिकित्सकहरू भनिरहेका छन् , हामी सबैले त्यसको पालना गरौं ।
कलंकी, काठमाडौं





