आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युरोकप ः बेल्जियमको सहज जीत

युरोकप ः बेल्जियमको सहज जीत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७८, आइतबार

पोखरा,३० जेठ–युरोकप २०२१ बेल्जियमले रसियालाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा रसियामाथि सहज जीत हासिल गर्न रोमेल लुकाकुले २ तथा थोमस म्युनियरले १ गोल गरे । शनिवार राती भएको खेलमा बेल्जियमले रसियालाई सुरुवात देखि नै निकै दबाबमा राख्यो । खेलको १० औ मिनेटमा बेल्जियमका लागि लुकाकुले गोल गर्दै अग्रता दिलाए । खेलको ३४ औ मिनेटमा थोमस मुनिएरले अग्रता दोब्बर पारे ।

थोर्गन हाजार्डले दिएको क्रसपासलाई रुसका गोलरक्षक एन्टोन शुनिनले बचाउ गर्दा फर्किएको बललाई तयारी अवस्थामा रहेका मुनिएरले गोल गरे । ४६ औ मिनेटमा रसियाका रोमन जोब्रिनको प्रहार आकाशियो । डेनिस चेरेसिभको पासमा जोब्रिनले प्रहार गरेका थिए । ५५ औ मिनेटमा रसियाले अर्को अवसर खेर फाल्यो । अलेक्जाण्डर गोलेभिनको प्रहार बाहिरीदाँ रसिया अग्रता घटाउनबाट पछि प¥यो । खेलको ८८ औ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । मुनियरलले दिएको क्रसपासमा उनले गोल गर्दै जीत निश्चित गराएका थिए ।

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->