बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

गण्डकी प्रदेशमा नयाँ भेरिएन्टको कोरोना भाईरस पुष्टि

गण्डकी प्रदेशमा नयाँ भेरिएन्टको कोरोना भाईरस पुष्टि


  • ढोरपाटन सम्वाददाता
  • असार २७ २०७८, आइतबार

बागलुङ, २७ असार– गण्डकी प्रदेशमा नयाँ भेरिएन्टको कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले आइतबार एक प्रेस नोट जारी गर्दै गत जेठ ३१ गते परीक्षणका लागि पोखराबाट काठमाण्डौ पठाइएको पाँच ओटा नमूना परीक्षणमा नयाँ भेरिएन्ट (delta B1 672.2) डेल्टा बि वन ६७२ (२) पुष्टि भएको उल्लेख गरिएको छ ।
यो डेल्टा बि वन ६७२ (२) पहिलो अल्फा भेरियन्टमा भन्दा संक्रमण हुने दर हुने भएकाले व्यक्तिगत सुरक्षाका माददण्ड अपनाई थप सतर्कता अपनाउनका लागि सबै नागरिकलाई स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले आग्रह गरेका छन् ।

प्रेस नोटमा स्याङजाको कालिगण्डकी गाउँपालिकामा वर्ष १४ र ६० का पुरुष तथा र गोरखाको बारपाक, सुलिकोट गाउँपालिकामा वर्ष ७०, ३३ र ४० का तीन जना महिलामा नयाँ भेरिएन्ट डेल्टा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->