आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फुच्चेहरुलाई फुटबल सिकाउँदै विश्व

फुच्चेहरुलाई फुटबल सिकाउँदै विश्व

हामी प्रशिक्षक नियुक्ति गरेर अघि बढ्छौ : मेयर


  • विजय नेपाली
  • जेष्ठ १९ २०७९, बिहिबार

मैले पनि स–साना भाइबहिनी जो फुटबलमा रमाउन चाहान्छन् उनीहरुका लागि प्रशिक्षण दिएको हुँ । युवा भाइहरुले मैले जस्तै दुःख नपाउन् भन्ने चाहना हो ।

पोखरा/ तनहुँको व्यासनगरपालिका–३ बीसघरे मुनी बग्छ, मादी नदी । त्यहिं मादीको किनारमा छ ,थोरै खुल्ला ठाउँ । एकातिर नदी बगिरहेको छ भने अर्कातिर भित्तो छ । त्यो खाली मैदानमा बिहान बेलुका आसपासका करिब ८० बालबालिका आउने गर्छन् । नदी तर्ननका लागि एउटा झोलुङ्गे पुल पनि छ । त्यो पुलबाट हेर्दा सानो देखिने त्यो ठाउँ फुटबल मैदान हो । स्थानीय युवाहरु खेल्दा खेल्दै बनेको मैदान । त्यहिं मैदानमा मोजाको बलदेखी थोत्रो बलमा ब्लाटर हालेर फुटबल खेल्नेमध्ये एक हुन् विश्व अधिकारी ।

विश्व अधिकारी भन्ने वित्तिकै अहिले मनाङ मस्र्याङ्दी क्लबलाई सम्झिने गर्छन् । नसम्झिउन पनि कसरी, मनाङबाट सेन्टर फिडफिल्डमा जो खेल्छन् । नेपाली फुटबलमा एक दशकदेखी चलेकै नाममा पर्छन् अधिकारी । तनहुँका उनी त्यस्ता खेलाडी हुन् । जसलाई कसैले उत्पादन गरेका होइनन् आफै उत्पादित भएका हुन् । २०६७ साल अघिसम्म खासै फुटबलमा नजमेका विश्वको फुटबल क्षेत्रमा प्रवेश एक दशक मात्रै भएको छ । नेपालका आधा दर्जन ए डिभिजन क्लबबाट खेलेको अनुभव बटुलेका उनले राष्ट्रिय टोलीबाट भने खेल्ने मौका पाएनन् । त्यो नपाउनुको कारण थियो उनीमा वेसिक टे«निङको अभाव । राष्ट्रिय टोलीको प्रारम्भिक छनोटसम्म पुगेका उनी त्यहाँ भन्दा माथि जानै सकेनन् ।

२९ वर्षि उनी अब खेल्ने होइन् प्रशिक्षण गराउने तर्फ अघि बढेका छन् । विगत पाँच वर्षदेखी व्यक्तिगत र साथिभाईको आर्थिक सहयोगमा उनले तनहुँमा निशुल्क प्रशिक्षण दिइरहेका छन् । अब लामो समय फुटबल नखेल्ने उनले गृह जिल्लामै केहि व्यवसाय गर्ने र ग्रासरुट फुटबलको सुरुवात गर्ने योजनाका साथ अघि बढेका छन् ।
नेपालकै उत्कृष्ट क्लब मनाङ मस्र्याङ्दीमा आबद्ध उनलाई अब खुट्टा र ढाडले पनि प्रशिक्षक नै भई भन्दैछ । ‘अहिले मैले शत्प्रतिशत दिएर खेल्न सक्दिन् । फुल दिएर खेल्यो भने खुट्टा र ढाड दुख्छ’ उनी भन्छन् । एडिभिजन क्लब थ्रिस्टार, त्रिभुवन आर्मी, संकटा,च्यासल, फ्रेन्डस्, मनाङबाट खेलेका उनी अहिले बालबालिकासंगै रमाउन थालेका छन् ।

‘म खासै सक्रिय थिइन् । एसएलसी दिनेबेलामा म सामान्य रुपमै खेल्ने गर्थें । त्यसअघि विद्यालय स्तरमा समावेश हुने मौका पाइएन् । एसएलसी दिएसंगै एन्फा छनोटमा परियो । अनि ए डिभिजन खेल्न थालेँ’ उनी बताउँछन्, ‘म पनि खेलकुदमा भविष्य खोजेकै हुँ । खेलकुदमा सफलता हात पार्न कस्तो कस्तो अवस्थाबाट गुज्रिनुपर्छ त्यो मलाई थाहा छ । खेलाडीको भावना खेलाडीले नै बुझ्छ । मैले पनि स–साना भाइबहिनी जो फुटबलमा रमाउन चाहान्छन् उनीहरुका लागि प्रशिक्षण दिएको हुँ । अलिहेको युवा भाइहरुले मैले जस्तै दुःख नपाओस् भन्ने चाहनाले र यहाँको सिनियर खेलाडी भएको नाताले पनि मेरो कर्तव्य रहन्छ ।’

उनले एक्लै आँट गरेर ग्रासरुट सुरु गरेका हुन् । मैदान अभावका कारण ८० जनालाई मात्रै प्रशिक्षण दिइरहेका उनले व्यवस्थित मैदान पाएमा १२० बालबालिकालाई वार्षिक रुपमा प्रशिक्षण दिने योजनामा छन् । त्यतिमात्र होइन् ग्रासरुटका लागि आफैले प्रशिक्षक राखेर पारिश्रमिकसमेत दिइरहेका छन् ।

‘३–४ वर्ष निकै गाह्रो भयो, समस्या आए । साथीहरुले सहयोग गरेकै हो तर, पर्याप्त भएन् ।’ त्यसैमा थप्छन्, ‘सोचेकै थिइन की ए डिभिजन खेल्छु नेशनल क्याम्पमा पर्छ भनेर तर म परे । परेपछि थाहा भयो कसरी खेल्ने के गर्ने भन्ने । मैले एप्पल बल भन्न जानेको रहेछु तर, त्यहाँ त्यसको स्पेलिङ नै नआउँदो रहेछ । त्यो लेभलमा हुँदा अरु माथि गए म चाहिँ बेसिक लेभल सिक्न तलतल झरेँ म त्यो भन्दा माथि उठ्नै सकिन् । ग्रास रुट रोज्नुको कारण यो हो की मैले जुन अवस्था भोगे अबका फुटबलमा भविष्य खोज्नेहरुले त्यो भोग्न नपरोस् । अब त्यो समस्या नआओस भनेर अघि बढेको हो ।’

आफु ग्रास रुटको नहुँदा भोग्नुपरेको समस्याकै कारण अब उनी खेल्नतर्फ जान चाहदैनन् । राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने उनको सपना बेसिक ट्रेनिककै अभावका कारण रोकिएको हो । त्यसैले उनले पाँच वर्षे ड्रिम प्रोजेक्ट लिएर तनहुँको फुटबलमा धेरै विश्व अधिकारी जन्माउन खोजिरहेका छन् ।

हामी प्रशिक्षक नियुक्ति गरेर अघि बढ्छौ : मेयर

विश्वको त्यो योजना देखेर व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले नगरपालिकाले फुटबलको प्रशिक्षक नै नियुक्ति गरेर जाने प्रतिबद्धता व्यक्त गरेका छन् । केहि समयअघि आयोजना भएको फुटबल प्रतियोगितामा पुगेका मेयरले त्यहाँ बालकहरुको फुटबल क्रेज देखेर नै सो फुटबलको विकासमा अघि बढ्ने योजना बुनेका हुन् । उनले अघिल्लो पाँच वर्ष मेयर हँुदा गर्नुपर्ने काम गर्न नसकेको स्वीकार्दै बालकहरुको फुटबल मोहले आफु लोभिएको र अबको पाँच वर्षमा भने खेलकुदको विकासमा खुलेरे लाग्ने बताए । ‘हामीले अघिल्लो कार्यकालमा खेलकुदमा जति गर्नुपर्ने त्यो गर्न सकेनौँ’ उनले भने ।

एउटा व्यवस्थित खेलमैदान निमार्ण गर्न खोज्दा खोज्दै पनि सकेनौँ’ उनले भने, ‘प्रक्रियामै जाँदा समस्या आयो कहिले टेन्डरै नहुने कहिले उपभोक्ता समितिले काम नगरिदिने लगायत कोभिडले समेत समस्या ल्यायो जसले गर्दा निमार्ण गर्न सकेनौँ र यो बिचमा हामीले के शिक्षा हासिल ग¥यौ भने खेलकुदकै माध्यमबाट राष्ट्रिय अन्तराष्ट्रिय पहिचान भएका छन् । युवाहरुको ध्यान खेलकुदमै केन्द्रित छन् लगाव छ । यसले यो खेलकुद एक ठाउँमा मात्रै एउटै रंगशालाले मात्रै हुँदैन रहेछ भन्ने कुराको अनुभुति भएको छ र एक लेभलको युवालाई मात्रै गरेर पनि नहुदो रहेछ । युवा मात्रै होइन हामिले बालबालिकाका लागि समेत हुनेगरी बजेट विनियोजन गर्नेछौँ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->