पोखरा /२२ औं आहा रारा पोखरा गोल्डकपको पहिलो हाफमा साविक विजेता एपिएफले २ गोलको अग्रता लिएको छ । एपिएफले धरान फुटबल क्लबमाथि २(० को अग्रता लिएको हो ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला फुटबल मैदानमा जारी खेलको ३७ औं मिनेटमा एपिएफले सुरुवाती अग्रता लिएको हो । सेन्टरलाइनबाट आएको बललाई नियन्त्रणमा लिदैँ विकु तामाङले उत्कृष्ट फिनिसिङ गरे । उनले गोलरक्षक होचो भएको फाइदा उठाउँदै फ्लिक गर्दै गोल गरे ।
यस्तै खेलको ४० औं मिनेटमा युवराज खड्काले गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर पारे । एपिएफले खेलको सुरुवातदेखी धरानलाई निकै दबाबमा राखेको छ ।





