सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एट ए साइड भेट्रान्स : पहिलो चरणका खेलहरु सम्पन्न

एट ए साइड भेट्रान्स : पहिलो चरणका खेलहरु सम्पन्न

पूर्वराष्ट्रिय खेलाडी खेम गुरुङ सम्मानित ।


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७९, बिहिबार

पोखरा/ पोखराको टुँडीखेलमा जारी भेट्रान्स फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

बगर भाइ खलको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाइखलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा बुधबार ६ खेल भएसँगै पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् ।

पहिलो चरणका खेलमा लेक साइड भेट्रान, जोरपाटी भेट्रान काठमाडांै, फ्रिडम फाइटर बि काठमाडांै, गार्डेन एफसी पोखरा, नागासोती भेट्रान हेटौंडा, फ्रिडम फाइटर ए विजयी भए ।
बुधबारको पहिलो खेलमा लेक साइडले पशुपती भेट्रान काठमाडौंलाई ४–० ले पाखा लगायो । लेकसाइडका लागि टेकबहादुर गुरुङले दुई गोल तथा नरेन्द्र आचार्य र मानबहादुर गुरुङले समान १–१ गोल गरे । टेकबहादुर खेलका म्यान अफ दि म्याच घोषित भए ।

यस्तै काठमाडौंको फ्रिडम फइटर ए ले पोखरा भेट्रानलाई टाइव्रेकरमा २–० ले हरायो । निर्धारित समयको खेल १–१ को बराबररीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । फ्रिडमका लागि तिलक गुरुङ र पोखरा भेट्रानका लागि नरेश केसीले निर्धारित समयमा टिमका लागि गोल गरेका थिए । फ्रिडमका गोलरक्षक मानकाजी गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

उता, विकर्ण श्रेष्ठले गरेको एक गोलमा फ्रिडम फाइटर बि ले सुनवल भेट्रान नवलपरासीलाई १–० ले हरायो । विकर्ण खेलको म्यान अफ दि म्याचे उक्त गोल गरेका थिए ।हेटौंडाको नागासोती भेट्रानले बौद्ध भेट्रान काठमाडौंलाई १–० ले हरायो । उक्त खेलमा नागासोतीका सन्तोष बस्नेत म्यान अफ दि म्याच घोषित भए । बुधबारको अन्तिम दुई खेलमा टुँडीखेल भेट्रान काठमाण्डौ र सिमरा भेट्रानले वाक ओभर दिँदा जोरपाटी भेट्रान काठमाडांै र गार्डेन एफसी पोखरा विजयी भए ।माघ ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको देहरादुनको एक टिमसहित २४ टिम सहभागि छ ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँको साथमा मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ भने सेमिफाइनलमा पुग्ने दुई टिमलाई समान २०÷२० हजार रुपैयाँ प्रदान गरिनेछ ।

पूर्वराष्ट्रिय खेलाडी खेम गुरुङ सम्मानित

हरेक वर्ष प्रदान गरिदै आएको पूर्व खेलाडी सम्मानबाट खेम गुरुङ सम्मानित भएका छन् । बगर भाइ खलकले फुटबल खेलको विकासमा योगदान गरेका खेलाडीलाई सम्मान गर्दै आइरहेको छ । पूर्वराष्ट्रिय खेलाडी, कास्की जिल्ला फुटबल संघ तथा सहारा क्लबका मानार्थ सदस्य, भूतपूर्व खेलाडी मञ्चका सल्लाहकारसमेत रहेका खेम गुरुङलाई मंगलबार सम्मानपत्र र दोसल्ला आढाएर सम्मान गरिएको हो । यो सम्मान २०६८ सालदेखि निरन्तर रुपमा प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->