सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आयोजक नीलो वालिङ गोल्डकपको फाइनमा

आयोजक नीलो वालिङ गोल्डकपको फाइनमा


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७९, बिहिबार

स्याङ्जा/ अजय माट्रिन्जको निर्णायक गोलको सहायताले आयोजक नीलो प्रथम वालिङ गोल्डकप फुटबलको फाइनमा प्रवेश गरेको छ ।

विभागीय सशस्त्र प्रहरी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै वालिङ युनाइटेड फुटबल क्लबको नीलो टिम फाइनल प्रवेश गरेको हो । खेलको छैटौं मिनेटमा क्षितिजराज जिटीको पासमा अजयले गोल गरेका हुन् । दुई विदेशीसहित राष्ट्रिय खेलाडी सुवास गुरुङ र उमेर समूहका राष्ट्रिय खेलाडी लिएर आयोजक नीलो मैदानमा उत्रेको थियो ।

गोलपोष्टको नजिकैबाट टीकराज गुरुङले खेलको ३७ मिनेट र ६६ औ मिनेटमा क्याप्टेन लक्ष्मण रुचालको प्रहार सशस्त्रका गोल किपर एन्जल श्रेष्ठले बचाएका थिए । खेलभर दबाबमा परेको सशस्त्रले दोस्रो हापको इन्जुरी टाइमको दोस्रो मिनेटमा आयोजकका पिटर सेगुनले गरेको फलमा पाएको फ्रिकिकलाई गोलमा परिणत गर्न सकेन ।

प्रतियोगितामा आयोजक नीलोका विश्वास श्रेष्ठले म्यान अफ दि म्याच बन्दै कपसहित नगद चार हजार प्राप्त गरे । घरेलु मैदानको सही सदुपयोग र खेलाडीको विश्वासले खेल जितेको कोच दिलीप थापाले बताए । प्रतियोगिताको विजेताले पाचँ लाख रुपियाँ नगद प्राप्त गर्ने छ भने उपविजेताले दुई लाख ५० हजार पाउने क्लबका अध्यक्ष एलपी ज्वाारचनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->