पोखरा/ प्रथम हिमालयन ब्रुअरी तथा बाह्रौं बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ । बगर भाइखलकको आयोजनामा पोखरा १ टुँडीखेल मैदानमा जारी प्रतियोगिताको शुक्रबार क्वाटरफाइनलका सम्पूर्ण खेल सम्पन्न भएका छन् ।
दीप युनाइटेड पोखरा, फ्रिडम फाइटर ए, काठमाडौं, ठमेल ११ भेट्रान र थापा गाउँ भेट्रान काठमाडौंले सेमिफाइनल यात्रा तय गरेका हुन् ।शुक्रबारको पहिलो क्वाटरफाइनल खेलमा खेलमा ठमेल भेट्रान काठमाडौंले बुटवल भेट्रानलाई १–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । ठमेलको जितमा सागर थापाको गोल निर्णायक बन्यो । खेलमा तासी छिरिङ म्यान अफ दि म्याच घोषित भए । त्यस्तै, पोखराको दीप युनाइटेडले पाहुना टोली चितवन भेट्रानलाई १–० गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । दीपका लागि अर्जुन गुरुङले गोल गरे उनी म्यान अफ दि म्याच समेत बने ।
थापा गाउँ काठमाडौंले हेटौंडालाई टाइब्रेकरमा ३–१ ले हरायो । निर्धारित समयको खेल गोल रहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलियो । थापा गाउँका शशी रिमाल म्यान अफ दि म्याच बने । अन्तिम खेलमा पोखराको गार्डेन एफसी भेट्रान फ्रिडम फाइटर ए काठमाण्डौँसँग २–० को हार व्यहोर्दै बाहिरियो । राजकुमार घिसिङ र विकर्ण श्रेष्ठले १–१ गोल गरे । राजकुमार म्यान अफ दी म्याच घोषित भए ।
अब शनिबार फाइनल प्रवेशका लािग ठमेल ११ र थापा गाउँबीच हुने छ भने दोस्रो सेमिफाइनल खेल दीप युनाइटेड र फ्रिडम फाइटर ए काठमाडौं बीच हुनेछ ।





