सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भारतीय टिम नआएपछि गण्डकीलाई अवसर

भारतीय टिम नआएपछि गण्डकीलाई अवसर


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७९, आइतबार

पोखरा/ टाइगर ग्रुप अफ पोखराको आयोजनामा आजदेखी तेस्रो संस्करणको टाइगर कप महिला/पुरुष भलिबल च्याम्पियनसिपको आयोजना हुँदैछ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुने प्रतियोगितामा यो वर्ष दुई विदेशी क्लबलाई समावेश गर्ने योजना आयोजकको थियो ।

आयोजकले महिलातर्फ गण्डकी प्रदेशको कमजोर टिम भएकाले यो संस्करणमा समावेश नगराउने निर्णय गरेको थियो । आयोजकले भारतबाट महिलातर्फ एक टिम ल्याउने तयारी गरिरहँदा भारतमा कोरोना महामारीको कारण देखाउँदै प्रतियोगितामा सहभागिता नजनाउने भएको छ । अन्तिममा आएर टोलीले सहभागिता नजनाउने भएपछि गण्डकी प्रदेशकै महिला भलिबल टिम मैदानमा उतार्ने तयारी भइरहेको छ ।

आयोजकले प्रतियोगिता तयारीबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा भारतीय टोली नआउने घोषणा गरेको हो । यस्तै यो वर्ष महिलातर्फ पहिलो संस्करणको च्याम्पियन नेपाल पुलिस क्लबले समेत सहभागिता नजनाउने भएको छ ।

भातरीय टिम नआएपछि गण्डकीले ३ भारतिय खेलाडीलाई नै ल्याएर गण्डकीको टिम तयार गरेको हो । गण्डकीको टिममा भारतीय खेलाडी सुमन मौर्या, नीतु र सुवया सिंह टोलीमा रहेका छन् । उनीहरु भारतको राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीसमेत हुन् ।

टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले महिलातर्फ दुई टिमको सहभागिता नहुने बताए । ‘यो वर्ष नेपाल पुलिस क्लबको सहभागिता नरहने भएको छ । उहाँहरुले मौखिक जानकारी गराएपनि लिखित जानकारी भने आएको छैन्’ उनले भने, ‘हामीले पुलिसलाई जसरी भएपनि खेलमा समावेश गराइदिन आग्रह गरिरहेका छौं । उता भारतले पनि कोरोनाको महामारी भन्दै टिम नआउने जनाएको छ । अन्तिम समयमा नआउने भनेपछि हामीले महिलातर्फ गण्डकी प्रदेशको टिम तयार गरेका छौं ।’ उनका अनुसार महिलातर्फ साविक च्याम्पियन एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड र गण्डकी प्रदेशको सहभागिता रहने भएको छ ।

यस्तै, पुरुषतर्फ भने पाँच टिमको सहभागिता रहने सचिव डिवि नेपालीले जानकारी दिए । उनका अनुसार पुरुषतर्फ श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लब, साविक च्याम्पियन त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ । राउन्ड रोविनको आधारमा खेलाइने प्रतियोगिता माघ ८ गतेदेखी १४ गतेसम्म संचालन हुने छ ।
प्रतियोगिताको महिला/पुरुष तर्फको विजेताले समान पाँच÷पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुनेले एक ला २५ तथा सान्त्वना हुने टिमले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको महिला/पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले २५÷२५ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट हुने खेलाडीले समान १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको क्वाटरफाइनलसम्म टिकट शुल्क दुई सय तोकिएको छ । यस्तै, सेमिफाइनल र फाइनल खेलको टिकट दर भने तिन सय रुपैयाँ तोकिएको छ । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->