सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ बिजयी

मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ बिजयी


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७९, बिहिबार

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ६० औं बार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासंघ बागलुङ शाखा बिजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसलाई २–० गोल अन्तरले पराजित गर्दै पत्रकार महासंघ विजयी भएको हो ।

धौलागिरी बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न ९ ए साईड फाइनल खेलमा पत्रकार महासंघका लागि शंक बिकले पहिलो खोल गरे । दोस्रो हाफको पहिलो दश मिनेटमा बिकले गोल गरेर महासंघलाई अग्रता दिलाएका थिए । त्यस्तै पत्रकार महासंघका लागि खेलको अन्तिम समयमा रोहन जिसीले अर्को गोल गरेका थिए ।

यसअघि क्याम्पसका प्राध्यापक र स्ववियुबीचको खेल ३–२ को गोल अन्तरमा स्ववियुले जीतेको थियो । स्वतन्त्र विद्यार्थी युनियनका लागि बिषेश पराजुलीले पेनाल्टीमा दुई गोल गरे भने मनोज जिसीले एक गोल थपे ।

त्यस्तै, प्राध्यापक कर्मचारीको तर्फबाट कमल शर्मा र याम बहादुर पोखरलले समान एक÷एक गोल गरेका थिए । तीन समुहका बीचमा भएको खेलमा पत्रकार महासंघ बिजेता र स्वतन्त्र विद्यार्थी युनियन उपबिजेता बनेका हुन् । क्याम्पसको ६० औं बार्षिकोत्सवका अबसरमा सप्ताहव्यापी बिबिध खेलकुद, साहित्य र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->